ताजा अपडेट

ट्रेन्डिङ

विनायक शिक्षा निकेतनमा नवआगन्तुक विद्यार्थीहरूको स्वागत

Gyan Khabar

ज्ञानखबर

आइत, जेष्ठ ४, २०८२
600 पटक हेरिएको
विनायक शिक्षा निकेतनमा नवआगन्तुक विद्यार्थीहरूको स्वागत

विनायक शिक्षा निकेतन इङ्लिस स्कुलले शैक्षिक सत्र २०८२ को लागि भर्ना भएका नयाँ विद्यार्थीहरूलाई स्वागत गरेको छ। यही जेठ ४ गते विद्यालय परिसरमा आयोजित एक विशेष समारोहमा कक्षा १ देखि ९ सम्मका करिब ६३ जना नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत गरिएको हो।

उत्साहजनक वातावरणमा आयोजित उक्त कार्यक्रममा नयाँ विद्यार्थीहरूलाई खादा, टिका र मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो। यस अवसरमा विद्यार्थीहरूले आफ्नो प्रतिभा र क्षमता प्रस्तुत गर्दै माहोललाई थप रमाइलो बनाएका थिए।

विनायक शिक्षा निकेतन जस्तो प्रतिष्ठित विद्यालयमा अध्ययन गर्ने अवसर पाएकोमा नवआगन्तुक विद्यार्थीहरूले खुशी व्यक्त गरे। उनीहरूले विद्यालयको उत्कृष्ट शिक्षण विधि, पढाइको वातावरण र अनुभवी शिक्षक-शिक्षिकाबाट आफूहरू निकै प्रभावित भएको बताए।

कार्यक्रममा विद्यालयका प्रिन्सिपल सुरेन्द्र विक्रम प्रजापतिले नयाँ विद्यार्थीहरूलाई स्वागत गर्दै विनायक शिक्षा निकेतन गुणस्तरीय शिक्षा प्रदान गर्न सधैँ प्रतिबद्ध रहेको बताए। उनले विद्यार्थीहरूलाई प्रगतिशील सोचका साथ अगाडि बढ्न प्रेरित गरे।