ताजा अपडेट

ट्रेन्डिङ

किकम्पा मण्टेसरीमा विश्व वातावरण दिवस – २०२५ मनाइयो

Gyan Khabar

ज्ञानखबर

बिहि, जेष्ठ २२, २०८२
420 पटक हेरिएको
किकम्पा मण्टेसरीमा विश्व वातावरण दिवस – २०२५ मनाइयो

भक्तपुरको किकम्पा मण्टेसरी स्कूलले आज एक विशेष कार्यक्रमका बिच विश्व वातावरण दिवस २०२५ भव्यताका साथ मनाएको छ। वातावरण संरक्षणको महत्वबारे विद्यार्थी तथा समुदायमा चेतना अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न कार्यक्रमहरूको आयोजना गरिएको थियो।

कार्यक्रममा बोल्दै स्कूलका प्रिन्सिपल राजेश लाखाले विश्व वातावरण दिवसले मानव जातिलाई वातावरणको महत्व र यसप्रतिको हाम्रो कर्तव्यको स्मरण गराउने बताए। उनले भने, “आजको दिन प्रकृतिप्रति हाम्रो जिम्मेवारीको स्मरण गराउने महत्वपूर्ण अवसर हो।” उनले वातावरण र यसको वरिपरि स्वच्छ र सफा राख्न हामी सबै आफैँ जागरुक हुनुपर्नेमा जोड दिए।

प्रिन्सिपल लाखाले हरेक वर्ष जुन ५ मा मनाइने विश्व वातावरण दिवसको अवसरमा आफ्नो स्कूलले विगत वर्षहरूमा झैँ यस वर्ष पनि स्कूल परिसर, ईटबु टोल लगायत सम्पूर्ण ठाउँहरूमा सरसफाइ कार्यक्रम आयोजना गरी दिवस मनाएको जानकारी गराए। पृथ्वीमा रुख-बिरुवाको महत्वलाई झल्काउँदै, स्कूल वरिपरि वृक्षरोपण कार्यक्रम पनि आयोजना गरिएको उनले बताए।

IMG 20250605 WA0001

त्यसैगरी, स्कूलका एकेडेमिक इन्चार्ज सरिता तमखुले “प्लास्टिक प्रदूषणको अन्त्य” (Ending Global Plastic Pollution) नारालाई स्कूलका नानीहरूलाई प्रष्ट पारिन्। उनले प्लास्टिकको अत्यधिक प्रयोगले वातावरणमा पार्ने नकारात्मक असरबारे जानकारी गराउँदै यसको न्यूनीकरणमा सबैले सक्रिय भूमिका खेल्नुपर्ने आवश्यकता औंल्याइन्।