ताजा अपडेट

ट्रेन्डिङ

प्रधानाध्यापक संघ नेपालको दोस्रो राष्ट्रिय सम्मेलन पोखरामा प्रारम्भ, उत्कृष्ट प्रधानाध्यापकहरू सम्मानित

Gyan Khabar

ज्ञानखबर

शुक्र, जेष्ठ २३, २०८२
110 पटक हेरिएको
प्रधानाध्यापक संघ नेपालको दोस्रो राष्ट्रिय सम्मेलन पोखरामा प्रारम्भ, उत्कृष्ट प्रधानाध्यापकहरू सम्मानित

शिक्षा क्षेत्रमा क्रियाशील प्रधानाध्यापक संघ नेपाल (PAN) को दोस्रो राष्ट्रिय सम्मेलन आजदेखि पोखरामा भव्य रुपमा सुरु भएको छ। दुई दिने यो सम्मेलन शिक्षा क्षेत्रमा देखिएका चुनौती र अवसरबारे छलफल गर्ने तथा आगामी रणनीतिको खाका तयार पार्ने उद्देश्यका साथ आयोजना गरिएको हो।

सम्मेलनको पहिलो दिनको विशेष सत्रमा देशभरका सातै प्रदेशबाट छानिएका उत्कृष्ट आधारभूत तथा माध्यमिक तहका प्रधानाध्यापकहरूलाई नगद राशिसहित भव्यताका साथ सम्मान गरिएको छ। यो सम्मान शिक्षा क्षेत्रमा उनीहरूले पुर्याएको अतुलनीय योगदानको कदरस्वरूप प्रदान गरिएको हो।

सम्मानित हुने आधारभूत तहका प्रधानाध्यापकहरूमा धनकुटाको जनता राष्ट्रिय आधारभूत विद्यालयका श्री शुक्रबहादुर लिम्बु, सिरहाको शारदा आधारभूत विद्यालयका श्री ज्ञानेन्द्र ठाकुर, काभ्रेपलाञ्चोकको बनेपा आधारभूत विद्यालयकी श्रीमती मीना कुमारी सेढाई, स्याङ्जाको मिर्मी आधारभूत विद्यालयकी श्रीमती शोभा पाण्डे, प्युठानको छेडापोखरा आधारभूत विद्यालयकी श्रीमती सृजना पण्डित, जाजरकोटको कालिका आधारभूत विद्यालयका श्री ठाकुरनाथ शर्मा र बझाङको ईश्वर आधारभूत विद्यालयका श्री ललित बहादुर कठायत रहेका छन्।

त्यसैगरी, सम्मानित माध्यमिक तहका प्रधानाध्यापकहरूमा मोरङको आदर्श माध्यमिक विद्यालयका श्री सन्तोष पोखरेल, सर्लाहीको जलधर कमलदेव नमुना माविकी श्रीमती विनिता शाह, काठमाडौँको विश्व निकेतन माध्यमिक विद्यालयका श्री हेरम्बराज कँडेल, कास्कीको माछापुछ्रे माध्यमिक विद्यालयका श्री सन्तोष आचार्य, अर्घाखाँचीको ज्योति माध्यमिक विद्यालयका श्री शंकर अर्याल, सल्यानको जीवन ज्योति माध्यमिक विद्यालयका श्री भुपाल साहु र अछामको सूर्यचन्द्र माध्यमिक विद्यालयका श्री देवेन्द्र शाह रहेका छन्। यसै अवसरमा देशभरिका उत्कृष्ट पालिकाहरूलाई पनि सम्मान गरिएको थियो।

FB IMG 1749351097537

सम्मानित सम्पूर्ण प्रधानाध्यापकहरूलाई सम्मानपत्र तथा नगद पुरस्कार माननीय शिक्षामन्त्री श्री रघुजी पन्त, PAN का अध्यक्ष श्री सुदाम गौतम, र संसदीय शिक्षा समितिका सभापति श्री अम्मरबहादुर थापाको प्रमुख आतिथ्यमा प्रदान गरिएको थियो।