ताजा अपडेट

ट्रेन्डिङ

रोटरी क्लब अफ महावौद्धमा श्याम तण्डुकारको पदस्थापना: शिक्षा र सेवामा नयाँ नेतृत्व

Gyan Khabar

ज्ञानखबर

शुक्र, जेष्ठ ३०, २०८२
141 पटक हेरिएको
रोटरी क्लब अफ महावौद्धमा श्याम तण्डुकारको पदस्थापना: शिक्षा र सेवामा नयाँ नेतृत्व

रोटरी क्लब अफ महावौद्धको वर्ष २०२५/२६ का लागि प्रेसिडेन्ट श्याम तण्डुकारको पदस्थापना ललितपुरमा एक विशेष समारोहबीच सम्पन्न भएको छ।

शिक्षा पत्रकारितामा करिब साढे दुई दशकको अनुभव बटुलेका र शिक्षा पत्रकार समाजका महासचिव समेत रहेका तण्डुकारलाई रोटरी डिस्ट्रिक्ट ३२९२ का पूर्व गभर्नर दिलेन्द्रराज श्रेष्ठले पदस्थापन गराए।

कार्यक्रममा प्रेसिडेन्ट तण्डुकारसहित क्लवकी फस्ट लेडी उर्मिला तण्डुकारलाई क्लवमा स्वागत गरिएको थियो। रोटरीका २०२४–२५ का असिस्टेन्ट डिस्ट्रिक्ट गभर्नर अर्जुन श्रेष्ठ र २०२५–२६ का असिस्टेन्ट डिस्ट्रिक्ट गभर्नर गौतम श्रेष्ठको समेत उपस्थिति रहेको थियो।

समारोहमा बोल्दै पूर्व डिस्ट्रिक्ट गभर्नर श्रेष्ठले रोटरी क्लब अफ महावौद्धले नेपालमा रोटरी अभियानको सक्रियता र विभिन्न कार्यक्रममार्फत विशेष भूमिका खेलेकोबताउए।

अध्यक्षको पदभार ग्रहणपश्चात् तण्डुकारले क्लबको नेतृत्व गर्नु पहाड, उकालो, तेर्सो, भिरालो पाखा पखेरा खन्दै बाटो बनाउने कठिन कार्य जस्तै रहेको उल्लेख गरे।उनले क्लबले यी सबै चरण पार गर्दै “४६ लेनको फराकिलो पिच” बनिसकेको र यसै बाटोमा हिँडेर क्लबलाई अझ उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे।

सन् २००३ मा स्थापित रोटरी क्लब अफ महावौद्धले थुप्रै आरोह अवरोह पार गर्दै रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ मा अब्बल क्लबको रुपमा स्थापित भइसकेको छ।

क्लबमा २०२५-२६ को कार्यसमितिमा प्रेसिडेन्ट श्याम तण्डुकार, प्रेसिडेन्ट इलेक्ट नवराज सञ्जेल, नोमिनी प्रेसिडेन्ट रोशन क्षेत्री, फष्ट भाइस प्रेसिडेन्ट रमेश थापा, सेकेण्ड भाइस प्रेसिडेन्ट गोपाल प्रसाद घिमिरे, सेक्रेटरी रत्न राई, ट्रेजर डा. डिवश अमात्य, ज्वाईन सेक्रेटरी आरजु राणा, ज्वाइन ट्रेजर विनोद दुलाल रहेको छ ।

यसैगरी एडमिन चेयर शिवेन्द्र कार्की , सर्जन इन आम डा. राजेन्द्र शेरचन, सर्भिस चेयर सुरेन्द्र बस्याल, टिआरएफ चेयर सुरेन्द्र शाक्य, मेम्बरसीप चेयर टेक बहादुर थापा, इमेज चेयर मञ्जु राणा, इन्भारोमेण्ट चेयर तिलक लामा चयन भएको छ । यसअघि शिक्षाकर्मी विरंगना महर्जन क्लव प्रेसिडेन्ट थिए ।