ताजा अपडेट

ट्रेन्डिङ

अपेन गोकर्णेश्वरद्वारा सहयोगी कर्मचारी तालिम सम्पन्न, बालमैत्री वातावरण निर्माणमा जोड

Gyan Khabar

ज्ञानखबर

शनि, जेष्ठ ३१, २०८२
498 पटक हेरिएको
अपेन गोकर्णेश्वरद्वारा सहयोगी कर्मचारी तालिम सम्पन्न, बालमैत्री वातावरण निर्माणमा जोड

अपेन (Association of Pre-School Educators, Nepal) गोकर्णेश्वर नगर समितिले आज जेठ ३१, शनिबार एकदिने सहयोगी कर्मचारी तालिम कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ।

बालबालिकाको हेरचाह र शिक्षकको शैक्षिक गतिविधिमा सहयोग पुर्‍याउने करिब ५० जना गैर-शैक्षिक कर्मचारीहरूको सक्रिय सहभागिताले कार्यक्रमलाई थप प्रभावकारी बनाएको थियो।

अपेन गोकर्णेश्वर नगर समितिका अध्यक्ष प्रकाश अधिकारीको अध्यक्षतामा सम्पन्न भएको यस कार्यक्रममा उपाध्यक्ष लक्ष्मी पुडासैनी, सचिव सन्तोष श्रेष्ठ, कोषाध्यक्ष राजन पौडेल लगायत समितिका सम्पूर्ण सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

तालिम कार्यक्रममा प्रशिक्षक लक्ष्मी सुवेदी पाठकले सहभागीहरूलाई बालमैत्री व्यवहार, समूहगत कार्यको महत्त्व, र विद्यालयमा देखिने व्यवहारजन्य चुनौतीहरूको सामना गर्ने व्यावहारिक तरिकाहरूका बारेमा गहन प्रशिक्षण दिएका थिए।

Messenger creation 0DD3E6F7 3B18 4EAA 9263 8BAFEFEA1A00

तालिमले सहयोगी कर्मचारीहरूलाई बालबालिकासँगको अन्तरक्रियामा थप संवेदनशील र व्यावसायिक बनाउन मद्दत पुग्ने विश्वास गरिएको छ।

शान्ता फुयाल सापकोटाको योजनाबद्ध समन्वयमा सम्पन्न भएको यस कार्यक्रमले विद्यालयको शैक्षिक वातावरणलाई अझ सुदृढ बनाउन महत्वपूर्ण योगदान पुर्‍याएको छ।

FB IMG 1749899749811

अपेन आबद्ध विद्यालयहरू उत्कृष्ट पूर्वप्राथमिक शिक्षाको साझा अभियानमा अग्रसर छन्। उनीहरूको नारा ‘सेवा, समर्पण, शिक्षा’ ले यस क्षेत्रमा उनीहरूको प्रतिबद्धतालाई स्पष्ट पार्दछ।