ताजा अपडेट

ट्रेन्डिङ

नेसनल प्याव्सनको चित्रकलामा मदरल्याण्ड र आरक्षण स्कुल प्रथम

Gyan Khabar

ज्ञानखबर

बुध, असार ११, २०८२
1789 पटक हेरिएको
नेसनल प्याव्सनको चित्रकलामा मदरल्याण्ड र आरक्षण स्कुल प्रथम

नेसनल प्याव्सन भक्तपुरको कार्यक्रम “अन्तर विद्यालय चित्रकला प्रतियोगिता-२०८२” सूर्यविनायक – ८ सिपाडोल, भक्तपुरमा रहेको प्रसादी पाठशाला स्कुलको आयोजनामा सम्पन्न सम्पन्न भएको छ। उक्त चित्रकला प्रतियोगितामा सिनियर ग्रुप तर्फ मदरल्याण्ड स्कुलकी रीया लामिछाने र जुनियर ग्रुप तर्फ आरक्षण स्कुलकी रजनी साखकर्मी प्रथम भएका छन् ।

नेसनल प्याव्सन भक्तपुरको सदस्य विद्यालयका कक्षा १ देखि ४ सम्मका विद्यार्थीहरु बीच जुनियर ग्रुपको “मेरो विद्यालय” शीर्षकमा चित्रकला प्रतियोगिता भएको थियो। जसमा मदरल्याण्ड स्कुलको दीप सतशंकरले द्धितीय, रुबी भ्याली स्कुलकी दिक्षा राईले तृतीय र डेमोस स्कुलको ऋदम तामागंले सान्त्वना स्थान प्राप्त गर्न सफल भएका छन् ।

साथै कक्षा ५ देखि ७ सम्मका विद्यार्थीहरु बीच सिनीयर ग्रुपको “हाम्रो अन्तरिक्ष” शीर्षकमा चित्रकला प्रतियोगिता भएको थियो। जसमा द्धितीय स्थानमा आरक्षण स्कुलकी निर्जला सुवेदी, तृतीय स्थानमा रुबी भ्याली स्कुलको निमा तामागं र सान्त्वना स्थानमा ईडेन गार्डेनको चन्द्र जंग खड्का सान्त्वना स्थान प्राप्त गरेका छन्।

कार्यक्रममा नेसनल प्याव्सन भक्तपुरका अध्यक्ष संजय खड्काले सफलतापूर्वक चित्रकला प्रतियोगिता सम्पन्न गरेकोमा आयोजक प्रसादी पाठशाला स्कुललाई हार्दिक आभार व्यक्त गर्दै विजेता विद्यार्थीहरुलाई ट्रफि, मेडल र सर्टिफिकेट प्रदान गरेका थिए। साथै अध्यक्ष खड्काले नेसनल प्याव्सन भक्तपुरले प्रत्येक महिना कम्तिमा विद्यार्थीहरुको लागि एक कार्यक्रम गर्दै आएको र सोको आयोजना गर्ने जिम्मेवारी सदस्य विद्यालयलाई दिइएको बताए।

उक्त चित्रकला प्रतियोगितामा प्रसादी पाठशाला स्कुलका प्रिन्सिपल दिनेश शाक्यले नेसनल प्याव्सन भक्तपुरले आफ्नो विद्यालयलाई कार्यक्रम गर्ने जिम्मेवारी दिएकोमा धन्यवाद व्यक्त गर्दै आगामि दिनहरुमा पनि यस्ता विविध कार्यक्रम गर्न तत्पर रहेको बताए।