ताजा अपडेट

ट्रेन्डिङ

भक्तपुर नगरपालिकाद्वारा कक्षा ११ का लागि छात्रवृत्ति आवेदन खुला

Gyan Khabar

ज्ञानखबर

बिहि, असार १९, २०८२
1737 पटक हेरिएको
भक्तपुर नगरपालिकाद्वारा कक्षा ११ का लागि छात्रवृत्ति आवेदन खुला

भक्तपुर नगरपालिकाले शैक्षिक सत्र २०८२/०८३ का लागि नगरपालिका अन्तगर्तका विद्यालयहरूमा कक्षा ११ मा छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि दरखास्त आह्वान गरेको छ।

भक्तपुर नगरभित्रका विद्यालयहरूमा १० प्रतिशत छात्रवृत्ति कोटाअन्तर्गत उपलब्ध हुनेछ, जसमध्ये ३३ प्रतिशत छात्रवृत्ति नगरपालिकाको विशेष निर्णयअनुसार छनोट गरिनेछ। आफ्नो उच्च शिक्षाको सपना साकार पार्न चाहने मेहनती विद्यार्थीहरूका लागि यो एउटा उत्कृष्ट अवसर हो। यो छात्रवृत्तिले आर्थिक भार कम गर्न मद्दत गर्नेछ र गुणस्तरीय शिक्षामा पहुँच सुनिश्चित गर्नेछ।

छात्रवृत्तिका लागि इच्छुक विद्यार्थीहरूले संस्थागत विद्यालय छात्रवृत्ति वितरण कार्यविधि, २०७४ अनुसार आवश्यक प्रक्रिया पूरा गरी भक्तपुर नगरपालिका शिक्षा शाखा, ब्यासीमा आवेदन दिनु भनिएको छ।

फारम वितरण २०८२ असार १८ गते बिहीबार देखि असार ३० गते सोमबार सम्म आवेदन दिन सकिनेछ। साथै २०८२ साउन २ गते शुक्रबार सम्म दोब्बर दस्तुर तिरी आवेदन दिन सकिने जनाएको छ। छात्रवृत्ति परीक्षा २०८२ साउन १० गते शनिबार बिहान ७:३० बजे ख्वप माध्यमिक विद्यालय, देकोचामा सञ्चालन हुने जनाएको छ।

bktschogk