ताजा अपडेट

ट्रेन्डिङ

विनायक स्कुलमा बृहत् दन्त शिविर सम्पन्न: २५० भन्दा बढी विद्यार्थी लाभान्वित

Gyan Khabar

ज्ञानखबर

मङ्ल, साउन ६, २०८२
1807 पटक हेरिएको
विनायक स्कुलमा बृहत् दन्त शिविर सम्पन्न: २५० भन्दा बढी विद्यार्थी लाभान्वित

मध्यपुर ठिमीस्थित विनायक शिक्षा निकेतन इङ्लिस स्कुलले २०८२ साउन ६ गते एक बृहत् दन्त शिविर सफलतापूर्वक सम्पन्न गरेको छ।

काठमाडौँ मेडिकल कलेजको प्राविधिक सहयोग र रोटरी क्लब अफ मध्यपुरको संयुक्त आयोजनामा सञ्चालित यस शिविरमा विनायक शिक्षा निकेतनको प्राथमिक तहमा अध्ययनरत २५० भन्दा बढी विद्यार्थीहरूले आफ्नो दाँतको परीक्षण गराएका थिए।

विद्यालयको नियमित कार्यतालिकाअनुसार आयोजित यो शिविर बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन भएको थियो। काठमाडौँ मेडिकल कलेजका अनुभवी डाक्टरहरू र सहयोगी टोलीको सक्रिय सहभागितामा दाँतमा समस्या भएका विद्यार्थीहरूलाई आवश्यक परामर्शसहित विस्तृत परीक्षण गरिएको थियो।

शिविरमा अभिभावकहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा विद्यालयका संस्थापक प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले विनायक शिक्षा निकेतनले स्थापनाकालदेखि नै मानवीय सेवा र विद्यार्थीहरूको स्वास्थ्यमा विशेष ध्यान दिँदै आएको बताए। उनले ‘स्वस्थ व्यक्ति हरेक कुरामा अब्बल र तीक्ष्ण हुन्छ’ भन्ने विद्यालयको मूल विश्वासमा जोड दिँदै विद्यार्थीको चौतर्फी विकासका लागि स्वास्थ्य सेवा अपरिहार्य रहेको बताए।

Messenger creation 2B8B8A4A 2B28 466E BB38 BE329CCE1490

विनायक शिक्षा निकेतनले समय-समयमा यस्ता स्वास्थ्य शिविरहरू सञ्चालन गरेर विद्यार्थी र समुदायको स्वास्थ्यप्रति आफ्नो प्रतिबद्धता देखाउँदै आएको छ।