संस्थागत विद्यालय संघ, नेपाल (इसान), तालिम समितिको आयोजनामा भक्तपुरमा गणित विषय अध्यापन गर्ने शिक्षकहरूका लागि एक दिने तालिम सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि तथा इसानका केन्द्रीय अध्यक्ष प्रेमजन थापाले २१ औँ शताब्दीका बालबालिकालाई शिक्षकहरूले प्रविधि र विधिकाे प्रयोग गरी नयाँ तरिकाबाट अध्यापन गर्नुपर्नेमा जोड दिँदै सो आवश्यकतालाई पूरा गर्न तालिम आयाेजना भएको बताए। उनले शिक्षकका लागि ‘अध्ययन’ औषधी र कक्षा प्रवेशको खुराक भएको बताउँदै निरन्तर अध्ययनशील हुन प्रेरित गरे।
कार्यक्रमका अर्का अतिथि इसानका महासचिव एवं विद्या आर्जन इङ्गलिस बाेर्डिङ स्कूलकाे प्रिन्सिपल पुरुषोत्तम ग्वाछाले सिकाइ एक निरन्तर प्रक्रिया भएको र एउता ब्यक्तिमा शिकाइ जन्मबाट सुरुभई चितामामात्र समाप्त हुने बताउँदै धेरै विद्यार्थीहरूले गणित गाह्राे भएको गुनासो ब्यक्त गर्ने गरेकाे हुनाले अबको शिकाई पूर्ण मनाेरञ्जनकाे वातावरणमा हुनुपर्ने धारणा राखे। उनले कक्षाकोठाका भित्ता, झ्याल, ढोकाजस्ता भौतिक वस्तुको प्रयोग गरेर पढाउँदा विद्यार्थीले सजिलै बुझ्ने र सिकाइ स्थायी हुने कुरामा जोड दिए।
कार्यक्रमका सभापति, प्राइम एकेडेमीका प्रिन्सिपल एवं इसान तालिम समितिका संयाेजककर्ण बहादुर प्रजापतिले सहयोगीहरूलाई धन्यवाद ज्ञापन गरे। तालिममा ३६ जना शिक्षकको सहभागिता रहेको थियो। हुकुम प्रसाद दाहाललद्वारा प्रशिक्षण गरिएको सो कार्यक्रममा प्रमुख अतिथि प्रेमजन थापाले सहभागीहरूलाई प्रमाणपत्र वितरण गरेका थिए।