ताजा अपडेट

ट्रेन्डिङ

लघुकथा केन्द्रद्वारा उपत्यकाव्यापी माध्यमिक विद्यालयस्तरीय लघुकथा प्रतियोगिता सम्पन्न

Gyan Khabar

ज्ञानखबर

शनि, भदौ १४, २०८२
191 पटक हेरिएको
लघुकथा केन्द्रद्वारा उपत्यकाव्यापी माध्यमिक विद्यालयस्तरीय लघुकथा प्रतियोगिता सम्पन्न

हाम्रो लघुकथा केन्द्र, दक्षिणकालीले आयोजना गरेको उपत्यकाव्यापी माध्यमिक विद्यालयस्तरीय लघुकथा प्रतियोगिताको नतिजा सार्वजनिक गर्दै विजेताहरूलाई पुरस्कार वितरण गरिएको छ। ललितपुर माध्यमिक विद्यालय, लगनखेलमा आयोजित एक विशेष कार्यक्रममा २०८२ भाद्र १४ गते शनिबार यो प्रतियोगिताको भव्य समापन भएको हो।

उपत्यकाका ३१ जना विद्यार्थीले भाग लिएको उक्त प्रतियोगितामा दक्षिणकाली, ग्रीनहिल विद्यालयका समिपजङ्ग केसी प्रथम भएका छन्। त्यसैगरी, बुढानिलकण्ठको बालबिकास बोर्डिङ स्कुलका सुमन भण्डारी द्वितीय र चाँगुनारायणको महेन्द्रग्राम माविका दुर्गा परियार तृतीय भएका छन्। प्रतियोगितामा काठमाडौंको ट्रिनिटी माविकी स्नेहा अधिकारीले सान्त्वना पुरस्कार प्राप्त गरेकी छिन्।

विजेता छात्रछात्राहरूलाई क्रमशः नगद रु. ७,०००, ५,०००, ३,०००, र २,००० सहित प्रमाणपत्र र पुस्तकहरू प्रदान गरिएको थियो। साहित्यकार नवराज रिजालको संयोजनमा रामकुमार पण्डित र तारा केसीको निर्णायक मण्डलले उत्कृष्ट लघुकथाहरूको छनोट गरेको थियो।

20250831 132106

केन्द्रकी कोषाध्यक्ष सत्या अधिकारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ प्रमुख अतिथि रहेका थिए। लघुकथा समाजका अध्यक्ष तुलसीहरि कोइराला र ललितपुर माविका विद्यालय निर्देशक उत्तमराज त्रिपाठी विशेष अतिथिका रूपमा उपस्थित थिए।

कार्यक्रममा श्रीओम श्रेष्ठ ‘रोदन’, तुलसीहरि कोइराला, उत्तमराज त्रिपाठी, लोमश वाङ्गमय प्रतिष्ठानका अध्यक्ष माधव घिमिरे ‘अटल’ र यमुना प्रधानाङ्गले आफ्ना भनाइ राखेका थिए । पुरस्कार संयोजक मनोज कर्माचार्यले यस्ता साहित्यिक कार्यक्रमहरूमा बालबालिकालाई प्रोत्साहन गर्न आफू सधैँ तत्पर रहेको बबताए

IMG 20250830 WA0019
कार्यक्रममा मनीषकुमार शर्मा, इन्दिरा चापागाई, रामराजा केसी, ध्रुवराज थापा लगायत दर्जनौँ लघुकथाकारहरूको उपस्थिति थियो। मिसु श्रेष्ठ थपलिया र बन्दना घिमिरेले सञ्चालन गरेको कार्यक्रम केन्द्रका कार्यवाहक अध्यक्ष डा. शेखरकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो।