ताजा अपडेट

ट्रेन्डिङ

महात्मा गान्धी तथा स्वर्ण जयन्ती छात्रवृत्ति योजनाका लागि आवेदन आह्वान

Gyan Khabar

ज्ञानखबर

मङ्ल, अशोज २१, २०८२
344 पटक हेरिएको
महात्मा गान्धी तथा स्वर्ण जयन्ती छात्रवृत्ति योजनाका लागि आवेदन आह्वान

भारतीय राजदूतावास, काठमाडौंले महात्मा गान्धी छात्रवृत्ति योजना तथा स्वर्ण जयन्ती छात्रवृत्ति योजनाका लागि नेपालमा अध्ययनरत नेपाली विद्यार्थीहरुबाट अनलाइन आवेदन आह्वान गरेको छ ।

नेपालको कुनै पनि मान्यता प्राप्त शैक्षिक संस्थामा अध्ययनरत कक्षा ११ (डिप्लोमा बाहेक) को नियमित विद्यार्थीले कक्षा ११ का लागि “महात्मा गान्धी छात्रवृत्ति योजना २०२५-२६” तथा स्नातक तह प्रथम वर्षमा अध्ययनरत (डिप्लोमाको हुनुभएन ) नियमित विद्यार्थीका लागि “स्वर्ण जयन्ती छात्रवृत्ति योजना २०२५-२६” मा विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति उपलब्ध गराउने कार्यक्रम अनुरुप आवेदन आव्हान गरिएको हो ।

इच्छुक विद्यार्थीहरूले यही २०८२ आश्विन २० देखि कार्तिक १६ गतेसम्म वेब पोर्टल www.goischolarship.com.np मार्फत अनलाइन आवेदन फाराम पेश गर्न सकिने बताइएको छ ।

Gkisco1 Gkisco2 Gkisco3