ताजा अपडेट

ट्रेन्डिङ

भक्तपुरको मिनर्वा स्कुल अन्तर्राष्ट्रिय एनोभोटिभ स्कुल अवार्ड २०२५ बाट सम्मानित

Gyan Khabar

ज्ञानखबर

बिहि, अशोज ३०, २०८२
433 पटक हेरिएको
भक्तपुरको मिनर्वा स्कुल अन्तर्राष्ट्रिय एनोभोटिभ स्कुल अवार्ड २०२५ बाट सम्मानित

भक्तपुर नगरपालिका वडा ४, राममन्दिर अवस्थित मिनर्वा ईङ्ग्लिस स्कुलले अन्तर्राष्ट्रिय एनोभोटिभ स्कुल अवार्ड प्राप्त गर्न सफल भएको छ।

मलेसियाको राजधानी क्वालालम्पुरमा लिंकन युनिभर्सिटीमा १४ अक्टोबर २०२५ मा एक्जितो इभेन्ट्स् अष्ट्रेलियाद्वारा आयोजित इन्टरनेसनल एक्सिलेन्स अवार्ड-२०२५ कार्यक्रममा नेपाल, फिलिपिन्स, मलेसिया, इण्डिया, युके लगायत विभिन्न देशहरुका उत्कृष्ट विद्यालय, संस्था र व्यक्तिलाई इन्टरनेसनल एक्सिलेन्स अवार्डद्वारा सम्मान गरिएको थियो।

उक्त सम्मान समारोहमा मिनर्वा ईङ्ग्लिस स्कुलका संस्थापक कोषाध्यक्ष निरु प्रजापति र लेखापाल अनुस्का दुवालले अवार्ड ग्रहण गरेका थिए । मिनर्वा स्कूलले गुणस्तरीय शिक्षा प्रदान गर्नुका साथै शैक्षिक उत्कृष्टता, सर्वाङ्गीण विकास, गौरवपूर्ण र उत्कृष्ट एसईई नतिजा हासिल गर्दै आएको छ। साथै विविध प्रतिस्पर्धात्मक कार्यक्रम गर्दै आएको यस स्कुलले यस अघि पनि विभिन्न सम्मान पाउन सफल भएको थियो।

स्कुलका संस्थापक कोषाध्यक्ष प्रजापतिले विभिन्न देशका शैक्षिक क्षेत्रका ख्याती प्राप्त व्यक्तित्वसँग अन्तरक्रिया गर्ने अवसर मिलेको र अवार्ड कार्यक्रमले अझ शिक्षा क्षेत्रमा थप जिम्मेवारी बोध गराएको बताए।