ताजा अपडेट

ट्रेन्डिङ

मध्यपुर थिमिमा पाठेघर तथा स्तन क्यान्सर सम्बन्धी प्रारम्भिक परिक्षण

Gyan Khabar

ज्ञानखबर

शनि, मंसिर २७, २०८२
487 पटक हेरिएको
मध्यपुर थिमिमा पाठेघर तथा स्तन क्यान्सर सम्बन्धी प्रारम्भिक परिक्षण

मध्यपुर थिमि-५, चोडे टोल स्थित पसाचह्रे गुठीमा ‘मानन्धर युवा समूह’ को आयोजनामा “पाठेघर तथा स्तन क्यान्सर सम्बन्धी प्रारम्भिक परिक्षण एवं रोकथाम कार्यक्रम” सफलतापूर्वक सम्पन्न भएको छ।

महिलाहरूमा क्यान्सरको जोखिम कम गर्ने उद्देश्यका साथ सञ्चालित यस शिविरमा नेपाल अष्ट्रेलियन सर्भाईकल क्यान्सर फाउण्डेसन र नेपाल अर्बुद रोग निवारण संस्था काभ्रे शाखाले प्राविधिक सहयोग पुर्याएका थिए। बिहान ९ बजेदेखि सुरु भएको यस स्वास्थ्य जाँच कार्यक्रममा जम्मा ४७ जना महिलाहरूले आफ्नो स्वास्थ्य परीक्षण गराए।

डा. कस्तुरी मल्लको विशेष उपस्थितिमा सम्पन्न भएको उक्त कार्यक्रमलाई सफल पार्न स्वास्थ्यकर्मीद्वय नितु मानन्धर र निलिसा मानन्धरले सक्रिय भूमिका निर्वाह गरेका थिए। कार्यक्रमका संयोजक एवं समूहका संस्थापक अध्यक्ष उत्तम मानन्धरले सहयोग पुर्याउने सबै संस्था र स्वास्थ्यकर्मीलाई धन्यवाद ज्ञापन गरे। समूहका अध्यक्ष सुजन मानन्धरले कार्यक्रममा खटिएका सबैलाई प्रशंसा पत्र तथा मायाको चिनो वितरण गरे।