ताजा अपडेट

ट्रेन्डिङ

सिद्धेश्वर माविमा ऐतिहासिक उत्सव: छात्रा सुवेदीलाई सम्मान, मेयर पाण्डेद्वारा नवनिर्मित भवन उद्घाटन

Gyan Khabar

ज्ञानखबर

सोम, मंसिर २९, २०८२
359 पटक हेरिएको
सिद्धेश्वर माविमा ऐतिहासिक उत्सव: छात्रा सुवेदीलाई सम्मान, मेयर पाण्डेद्वारा नवनिर्मित भवन उद्घाटन

बुटवल उपमहानगरपालिका- ७ मा रहेको सिद्धेश्वर लालकुमारी माध्यमिक विद्यालय ले आफ्नो ४४ औं वाषिर्कोत्सव एवम् अभिभावक दिवस समारोह २०८२ लाई ऐतिहासिक सफलताका साथ मनाएको छ।

विद्यालयले एसईई २०८१ मा नेपालभरकै सर्वाेत्कृष्ट नतिजा (GPA 4.0) ल्याउने छात्रा सुदिक्षा सुवेदी लाई नगद रु. २० हजारसहित भव्य सम्मान गरेको थियो।

कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख खेलराज पाण्डेले शिक्षा क्षेत्रको सुधारका लागि बुटवल उपमहानगरपालिका कुरामा होइन, काममा विश्वास गर्ने बताउनुभयो। उहाँले शिक्षकको गुणस्तर राम्रो हुनुपर्ने र समाजमा हरेक राम्रो काम गर्नेलाई हौसला दिनुपर्नेमा जोड दिनुभयो।

“शिक्षकको समर्पण, विद्यार्थीको मेहनत र अभिभावकको विश्वासले मात्र शिक्षामा राम्रो नतिजा आउँछ,” उहाँले भन्नुभयो। उहाँले राम्रो पढाउने शिक्षकलाई सम्मान गर्नुपर्ने विषयलाई समेत नगरपालिकाले प्राथमिकता दिने बताउनुभयो। वार्षिक उत्सवको अवसरमा नगर प्रमुख पाण्डेले विद्यालयको नवनिर्मित भवनको समेत उद्घाटन गर्नुभएको थियो।

समारोहमा नेपाल टपर सुदिक्षा सुवेदीका साथै २०८१ को एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने अन्य विद्यार्थीहरूलाई समेत सम्मान गरिएको थियो।

कार्यक्रममा वडा ७ का अध्यक्ष पदम राज गाहा, प्रध्यानाध्यापक दिननाथ गिरि, शिक्षक अभिभावक संघका अध्यक्ष कृण्ण प्रसाद ज्ञवाली, विद्यालयका सहायक प्रअ शान्ता शर्मा लगायतले विद्यालयको शैक्षिक तथा भौतिक प्रगतिबारे प्रकाश पार्नुभएको थियो।

Messenger creation 06F076D5 B449 4E75 A51A 2D824CF5B96A

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सागर प्रसाद न्यौपाने को अध्यक्षतामा सम्पन्न सो समारोहमा अभिभावक, शिक्षाप्रेमी, सामाजिक अभियन्ता, भद्र भलाद्मी, राजनैतिक तथा सामाजिक व्यक्तित्वहरू, विभिन्न संघ संस्थाका प्रतिनिधि, अक्षयकोष दाता, चन्ददाता, निर्माण समितिका पदाधिकारी, कलाकार र पत्रकारहरूको बाक्लो उपस्थिति रहेको थियो।

कार्यक्रममा कलाकारसहित विभिन्न नाचगान तथा स्काउटका विद्यार्थीहरूले पनि आफ्नो कला प्रस्तुत गरेका थिए। कार्यक्रम कैलास गौतमले सञ्चालन गर्नुभएको थियो।