ताजा अपडेट

ट्रेन्डिङ

रोटरी क्लब अफ मध्यपुरद्वारा जनक सिद्धिकाली माविका विद्यार्थीलाई विद्यालय पोशाक वितरण

Gyan Khabar

ज्ञानखबर

मङ्ल, पुस १, २०८२
335 पटक हेरिएको
रोटरी क्लब अफ मध्यपुरद्वारा जनक सिद्धिकाली माविका विद्यार्थीलाई विद्यालय पोशाक वितरण

मध्यपुर थिमि : रोटरी क्लब अफ मध्यपुरले Service Above Self भन्ने रोटरी आदर्शलाई आत्मसात गर्दै जनक सिद्धिकाली माध्यमिक विद्यालय, मध्यपुर थिमिका सम्पूर्ण विद्यार्थीहरूलाई विद्यालय टी–सर्ट तथा ट्राउजर सेट वितरण गरेको छ। उक्त कार्यक्रम हिजो ने.सं. ११४६ थिंलागाः एकादशी, २०८२ मंसिर २९ गते साेमबार सम्पन्न भएको हो।

gyan khabar
विद्यालय पोशाक वितरण कार्यक्रम रोटरी डिस्ट्रिक्ट ग्रान्ट परियोजना अन्तर्गत सञ्चालन गरिएको हो। यस परियोजनाको उद्देश्य विद्यार्थीहरूको हित प्रवर्द्धन गर्नु, नियमित विद्यालय उपस्थिति बढाउनुका साथै न्यून आय भएका अभिभावकहरूलाई जाडो याममा केही आर्थिक राहत प्रदान गर्नु रहेको छ।

कार्यक्रम विद्यालय प्रशासन तथा स्थानीय जनप्रतिनिधिहरूसँगको समन्वयमा सम्पन्न भएको थियो। यस अवसरमा विद्यालयकी प्रधानाध्यापक मञ्जु झा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इन्द्रबहादुर प्रजापति, सम्पूर्ण विद्यालय परिवार तथा मध्यपुर थिमि नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष ज्ञानदास प्रजापतिप्रति रोटरी क्लब अफ मध्यपुरले कार्यक्रम सफल बनाउन सहयोग पुर्‍याएकोमा आभार व्यक्त गरेको छ।

कार्यक्रममा बोल्दै रोटरी क्लब अफ मध्यपुरका अध्यक्ष (२०२५/२६) रोटरियन चन्द्र चक्रधरले यस परियोजनाले समावेशी शिक्षा र समुदाय सशक्तीकरणप्रति रोटरीको प्रतिबद्धता स्पष्ट रूपमा झल्काउने बताए। उनले स्थानीय आवश्यकतालाई सम्बोधन गर्ने डिस्ट्रिक्ट ग्रान्ट परियोजनाहरू दिगो तथा प्रभावकारी माध्यम हुने कुरामा जोड दिए।
रोटरी क्लब अफ मध्यपुरले आगामी दिनहरूमा पनि विद्यालय तथा स्थानीय निकायहरूसँग सहकार्य गर्दै विद्यार्थी तथा समुदायमा दीर्घकालीन सकारात्मक प्रभाव पार्ने शैक्षिक तथा सामाजिक कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।