ताजा अपडेट

ट्रेन्डिङ

प्रारम्भ एकेडेमीमा फुड फेस्टिभल २०८२ सम्पन्न

Gyan Khabar

ज्ञानखबर

शनि, माघ १७, २०८२
202 पटक हेरिएको
प्रारम्भ एकेडेमीमा फुड फेस्टिभल २०८२ सम्पन्न

काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ६ मा अवस्थित प्रारम्भ एकेडेमीले आफ्नो वार्षिक कार्यक्रम अन्तर्गत “फुड फेस्टिभल २०८२” एक विशेष समारोहका बीच भव्य रूपमा सम्पन्न गरेको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण अधिकारीको सभापतित्वमा सञ्चालित उक्त कार्यक्रममा विद्यार्थीहरूको उत्साहजनक सहभागिता र सृजनशीलता प्रस्टै देखिन्थ्यो।

कार्यक्रमको औपचारिक सुरुवात विद्यालयका विद्यार्थी भाइबहिनीहरूले न्यानो स्वागत मन्तव्य राखेर गरेका थिए। यस उत्सवको मुख्य आकर्षणका रूपमा कक्षा ६, ७, ८ र ९ मा अध्ययनरत विद्यार्थीहरूले आफैँ तयार पारेका विभिन्न जातजातिका मौलिक परिकारहरू रहेका थिए। विद्यार्थीहरूले आफ्नो सक्रियतामा नेवारी, तामाङ, ब्राह्मण-क्षेत्री, थारू र शेर्पा लगायतका समुदायका विविध र स्वादिला परिकारहरू तयार पारी प्रदर्शनीमा राखेका थिए। यसले विद्यार्थीहरूमा पाक कलाको विकास मात्र नभई नेपाली संस्कृति र खानपानको विविधतालाई बुझ्ने अवसर समेत प्रदान गरेको थियो।

समारोहलाई सम्बोधन गर्दै विद्यालयका एकेडेमिक डाइरेक्टर राजेश घिमिरेले विद्यार्थीहरूको सर्वाङ्गिण विकासका लागि किताबी ज्ञानसँगै यस्ता प्रयोगात्मक र सांस्कृतिक कार्यक्रमहरूको ठूलो महत्त्व रहने कुरामा जोड दिनुभयो। उहाँले प्रारम्भ एकेडेमीले विद्यार्थीको प्रतिभा प्रस्फुटन गराउन यस्ता कार्यक्रमहरू विगतदेखि नै गर्दै आइरहेको र आगामी वर्षहरूमा पनि यसलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

20260131 102241

काठमाडौँको कागेश्वरी मनोहरा क्षेत्रमा एक उत्कृष्ट शैक्षिक गन्तव्यको रूपमा स्थापित प्रारम्भ एकेडेमीले आयोजना गरेको यस किसिमको फुड फेस्टिभलले विद्यार्थी, शिक्षक र अभिभावकबीच आत्मीयता बढाउनुका साथै मौलिक संस्कृतिको संरक्षणमा समेत टेवा पुर्‍याएको सहभागीहरूले बताएका छन्।

20260131 100656