ताजा अपडेट

ट्रेन्डिङ

पाथीभरा एकेडेमीको १४औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

Gyan Khabar

ज्ञानखबर

बुध, माघ २१, २०८२
217 पटक हेरिएको
पाथीभरा एकेडेमीको १४औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

सूर्यविनायक नगरपालिका–५, सृजनानगरमा अवस्थित पाथीभरा एकेडेमी विद्यालयले आफ्नो स्थापनाको १४औँ वसन्त पार गरेको अवसरमा भव्य वार्षिकोत्सव तथा कक्षा १ देखि ८ सम्मका विद्यार्थीहरूको अभिभावक दिवस विशेष उत्साहका साथ मनाएको छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री हेमन्त सिटौलाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा विद्यालयको १४ वर्षको यात्रा, चुनौती र सफलताका कथाहरू साटासाट गरिएका थिए। कार्यक्रममा विद्यालय सञ्चालक समिति सदस्यहरू बुद्धि बहादुर थापा, रामचन्द्र थापा मगर, सुवासनाथ गोङल तथा पी.टी.ए. अध्यक्ष श्री रामबिक्रम सम्बाहाम्फेको विशेष उपस्थिति रहेको थियो।

प्रधानाध्यापक श्री रमेश प्रसाद सिटौलाले स्वागत मन्तव्य राख्दै यो १४ वर्षको यात्रा केवल समयको गणना मात्र नभई अभिभावक र विद्यालयबीचको गहिरो सम्बन्ध र साना नानिबाबुहरूको सुनौलो भविष्य निर्माणमा निरन्तर समर्पित समयको उत्सव भएको बताउनुभयो। त्यस्तै सञ्चालक समिति सदस्य श्री बुद्धि बहादुर थापाले विद्यालयले स्थापनाकालदेखि भूकम्प र कोभिड–१९ जस्ता कठिन चुनौतीहरू पार गर्दै आजको उचाइ हासिल गरेको स्मरण गर्नुभयो।

20260204 104148

कार्यक्रमको एउटा मुख्य आकर्षण विद्यालयको आधिकारिक गीत (School Anthem) विमोचन रह्यो। सभाध्यक्ष हेमन्त सिटौलाबाट विमोचन गरिएको उक्त गीतका गीतकार मधुस नेउपाने, संगीतकार केशब बादी र रचनाकार कृष्ण पराजुलीलाई विद्यालयका तर्फबाट विशेष सम्मान प्रदान गरिएको थियो।

20260204 105001

यस्तै विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले आयोजित “पाथीभरा एकेडेमी सिजन–वान सिङ्गिङ आइडल” प्रतियोगितामा कक्षा ३ की छात्रा दिपसना कार्की विजेता घोषित भइन् भने स्नेहा के.सी. प्रथम उपविजेता र एभलिन थापा द्वितीय उपविजेता बने। सोही अवसरमा कृष्टभ थापा मगरलाई सम्भावित गायक र आर्शिया भुजुलाई मेलोडी भ्वाइस सिङ्गरको उपाधि दिइएको जानकारी मन्टेसरी संयोजक लक्ष्मी प्रधानाङले दिनुभयो।

सांस्कृतिक रौनक थप्दै विद्यार्थीहरूले आकर्षक नृत्य, गायन, कराते र परिस्थितिजन्य नाटकहरू प्रस्तुत गरेका थिए। यस्ता क्रियाकलापले बालबालिकाको आत्मविश्वास, नेतृत्व क्षमता र सृजनशील सोच विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने धारणा शैक्षिक संयोजक शर्मिला प्रधानाङले व्यक्त गर्नुभयो। कार्यक्रमलाई थप रोचक बनाउन अभिभावकहरूका लागि आयोजित पापड छिटो खाने प्रतियोगितामा अभिभावकहरू दुर्गा प्रसाद दाहाल प्रथम, पूर्णिमा तामाङ दोस्रो र साबित्रा कार्की बिष्ट तृतीय हुनुभयो।

20260204 103739

विद्यालयले आफ्नो उन्नतिमा योगदान दिने व्यक्तित्वहरूलाई पनि विशेष सम्मान गर्‍यो। १० वर्षदेखि निरन्तर शिक्षण पेसामा समर्पित शिक्षिका शृशा कवालाई दीर्घ सेवा सम्मान प्रदान गरियो भने शैक्षिक सत्र २०८१ मा नियमित उपस्थित रहने शिक्षिकाहरू कमला लिम्बू, भावना बुढाथोकी, सम्झना बानिया, अञ्जु तिम्सिना, यसोदा उप्रेती र शुशिला सुवाल सम्मानित हुनुभयो। साथै विद्यालयलाई प्रत्यक्ष सहयोग पुर्‍याउने अभिभावकहरू पारस थापा र निशा प्रधानलाई पनि सम्मान गरिएको थियो।

20260204 103554 scaled

 

कार्यक्रमको समापन गर्दै सभाध्यक्ष हेमन्त सिटौलाले उपस्थित सबैप्रति आभार व्यक्त गर्दै आगामी दिनमा गुणस्तरीय शिक्षालाई पहिलो प्राथमिकतामा राखेर विद्यार्थीहरूको चौतर्फी विकासका लागि थप प्रभावकारी गतिविधिहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रमको समग्र व्यवस्थापन र सञ्चालनमा विद्यालय इन्चार्ज कल्पना ओलीले समन्वय गर्नुभएको थियो।

20260204 103911

20260204 103815