ताजा अपडेट

ट्रेन्डिङ

विद्या आर्जन इङ्ग्लिस स्कुलमा यूकेजी ग्राजुएसन समारोह २०८२ सम्पन्न

Gyan Khabar

ज्ञानखबर

बिहि, चैत्र २६, २०८२
364 पटक हेरिएको
विद्या आर्जन इङ्ग्लिस स्कुलमा यूकेजी ग्राजुएसन समारोह २०८२ सम्पन्न

विद्या आर्जन इङ्ग्लिस स्कुल, आदर्श बस स्टप–५, भक्तपुर
विद्या आर्जन इङ्ग्लिस स्कुलमा यूकेजी तहका विद्यार्थीहरूको ग्राजुएसन समारोह २०८२ भव्य र हर्षोल्लासका साथ सम्पन्न भएको छ। बालबालिकाको सिकाइ यात्राको पहिलो महत्वपूर्ण पाइला मानिने यस कार्यक्रमले विद्यार्थी, अभिभावक तथा शिक्षकहरूमा विशेष उत्साह थपेको थियो।

कार्यक्रमका विशेष अतिथि तथा प्रिन्सिपल पुरुषोत्तम ग्वाछाले शिक्षासँगै सह–पाठ्यक्रम गतिविधिको महत्वबारे प्रकाश पार्दै बालबालिकालाई उनीहरूको क्षमता नबुझी अरूसँग तुलना गर्नु नहुने बताउनुभयो। उहाँले “गरेर सिक्ने (ीभबचलष्लन दथ म्यष्लन)” नै सबैभन्दा प्रभावकारी सिकाइ विधि भएको उल्लेख गर्दै आधुनिक शिक्षण पद्धति, ग्रेड शिक्षण तथा गतिविधिमा आधारित सिकाइलाई विद्यालयले प्राथमिकता दिएको जानकारी दिनुभयो। साथै, ३० वर्षभन्दा बढी अनुभव भएका तथा अद्यावधिक ज्ञानयुक्त शिक्षकहरूद्वारा बालबालिकालाई शिक्षण गराइँदै आएको बताउनुभयो। उहाँले यूकेजी तहलाई सिकाइको पहिलो सशक्त आधारका रूपमा पनि व्याख्या गर्नुभयो।

कार्यक्रमका प्रमुख अतिथि क्ष्क्ब्ल् अध्यक्ष प्रेम जन थापाले विद्यालयको प्रशंसा गर्दै उत्कृष्ट नतिजासँगै विद्यार्थीहरूको शैक्षिक तथा सामाजिक व्यवहार विकासमा विद्यालयले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो।

त्यसैगरी, क्ष्क्ब्ल् तालिम संयोजक कर्ण बहादुर प्रजापतिले विद्यालयले समग्रमा, न्यून शुल्कमा उत्कृष्ट नतिजा दिँदै शैक्षिक गुणस्तर, व्यवहारिक ज्ञान र सामाजिक विकासमा केन्द्रित रही उल्लेखनीय प्रगति गर्दै आएको र आगामी दिनमा अझ राम्रो गर्ने विश्वास व्यक्त गर्नुभयो।

अभिभावक अतिथि राजु राजचलले विद्यालयले उपलब्ध गराउने पोषिलो तथा तातो खाना घरबाट पठाइने खानाभन्दा राम्रो भएको बताउँदै यसले बालबालिकाको स्वास्थ्य तथा सिकाइमा सकारात्मक प्रभाव पारेको बताउनुभयो। साथै, विद्यालयमा शून्य ज्ञानबाट आएका बालबालिकामा उल्लेखनीय सुधार आएको र व्यवहारिक ज्ञानसमेत विकास भएको उहाँले उल्लेख गर्नुभयो।

कार्यक्रमको सञ्चालन रञ्जन फाजुले गर्नुभएको थियो। उहाँले कपास र बालुवाको उदाहरण प्रस्तुत गर्दै भन्नुभयो, “कपास र बालुवा समान देखिए पनि एउटै आकार र भाँडोमा राख्न सकिँदैन, किनकि तिनीहरूको प्रकृति फरक हुन्छ। त्यसैगरी, सबै बालबालिका फरक हुन्छन्, त्यसैले तुलना गर्नु उचित हुँदैन।”

कार्यक्रम अन्तर्गत विभिन्न सांस्कृतिक कार्यक्रमहरू पनि आयोजना गरिएको थियो। विद्यार्थीहरूले आकर्षक नृत्य, गीत तथा अन्य रचनात्मक प्रस्तुति दिएका थिए। साथै, अभिभावकहरूलाई समेत सहभागी गराउँदै विभिन्न खेलकुद कार्यक्रमहरू सञ्चालन गरिएको थियो, जसले कार्यक्रमलाई अझ रमाइलो र उत्साहपूर्ण बनाएको थियो।