सिटिइभिटी परीक्षा नियन्त्रण कार्यालयले डिप्लोमा तहका सेमेस्टर परीक्षा प्रणालीको नियमित तथा आंशिक परीक्षाको आवेदन फाराम खुला गरेको छ । परीक्षा जेठमा सञ्चालन गरीने भएकाले परीक्षार्थीहरुले परीक्षा आवेदन फाराम भरी बुझाउनका लागि परीक्षा आवेदन फाराम खुला गरेको हो ।
आवेदन भर्ने परीक्षर्थीहरुले वैशाख २८ गतेभित्र नियमित शुल्क र जेठ ४ गतेसम्म विलम्ब शुल्क तिरेर फाराम भर्न पाइने जनाएको छ ।