ताजा अपडेट

ट्रेन्डिङ

मध्यपश्चिमाञ्चल विश्वविद्यालयका सहायक डिन डिसी र सहप्राध्यापक दासविरुद्ध भ्रष्टाचार मुद्दा

Gyan Khabar

ज्ञानखबर संवाददाता

२८ कार्तिक २०७९, सोमबार
194 पटक हेरिएको
मध्यपश्चिमाञ्चल विश्वविद्यालयका  सहायक डिन डिसी र सहप्राध्यापक दासविरुद्ध भ्रष्टाचार मुद्दा

मध्यपश्चिमाञ्चल विश्वविद्यालय, सुर्खेतका सहायक डिन एवं परीक्षा समितिका संयोजक कमलेश डिसी. र अंग्रेजी विषयका विज्ञ एवं सहप्राध्यापक डा. विनयकुमार दासविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुविरुद्ध प्रश्नपत्रको गोप्पनीयता भंग एवं परीक्षाको परिणाम फेरबदल गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

आंशिक तथा करार उपप्राध्यापक पदमा विज्ञापन गर्दा सबै विषयका लागि न्यूनतम योग्यता एउटै विषय मात्र राखिएको, विज्ञको छनौट तथा लिखित र मौखिक परीक्षामा मिलेमतो गरी छनौट प्रक्रिया सम्पन्न गरिएको र लिखित परीक्षाको कपीमा अंक थपघट गरिएको आरोपमा उनीहरुविरुद्ध सोमबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।