ताजा अपडेट

ट्रेन्डिङ

अक्सफोर्ड प्राक्टिकल स्कुलको ‘विन्टर क्याम्प’ सुरु

Gyan Khabar

ज्ञानखबर संवाददाता

२९ पुस २०७९, शुक्रबार
227 पटक हेरिएको
अक्सफोर्ड प्राक्टिकल स्कुलको ‘विन्टर क्याम्प’ सुरु

भक्तपुरको सल्लाघारीस्थित अक्सफोर्ड प्राक्टिकल स्कुलले ‘विन्टर क्याम्प’ सुरु गरेको छ । जाडो बिदामा रहेका विद्यार्थीहरुलाई लक्षित गरी विद्यालयले तीन दिनको क्याम्प सुरु गरेको हो ।

विद्यार्थीलाई प्रयोगात्मक विधिले गुणस्तरीय शिक्षा दिनुपर्छ भन्ने मान्यताले अघि बढिरहेको भक्तपुरको सल्लाघारीस्थित सो स्कुलले गरेको विन्टर क्याम्पमा कक्षा ५, ६ र ७ अध्ययनरत विद्यार्थीहरु सहभागी भएका छन् ।

सो क्याम्पको उद्घाटन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् शिक्षासेवी राम दुवालले वृक्षरोपण गरी गरेका थिए । सो क्रममा अध्यक्ष दुवालले विद्यार्थीलाई व्यवहारपरक सीप प्रदान गर्नका लागि क्याम्प उपयोगी भएको बताए।

उनले विद्यार्थीहरुले पठनपाठनका अलावा सामाजिक काममा पनि आफूलाई दक्ष र योग्य बनाए मात्र आफू समाज र देशका लागि योग्य हुने चर्चा गर्दै विद्यार्थीमा समस्या समाधान गर्ने सीप क्याम्पले दिने जानकारी दिए ।

स्कुलको इतिहासमा पहिलोपटक गरिएको सो क्याम्पले विद्यार्थीको सर्वाङ्गीण विकासका लागि सहयोग पुग्ने विद्यालयका प्रिन्सिपल रवि दुवालले बताए ।
क्याम्पमा सहभागी विद्यार्थीलाई योग र ध्यान, संगीत कक्षा, आत्मरक्षा सीप, चित्रकला, पाक कला, रञ्जना लिपिलगायतका विषयमा पोख्त बनाउने कार्यक्रम रहेको क्याम्पका कोअर्डिनेटर शिक्षक शिव भुजुले बताए ।

क्याम्पमा चुलाइ मुखियाले मार्सल आर्ट, योग र मेडिटेशनबारे मनिता नेपाल, संगीतबारे सुमन गैंडा, चित्रकलाबारे नवीन मानन्धर, क्राफ्टबारे जीवन सुवाल र निर्जला प्रजापति, मोटिभेसनबारे लक्ष्मी पान्डे, पाककलाबारे सुनिल दुवाल, फुटसलबारे सुदिप मगर र आदिम दुवाल, प्राथमिक उपचार तालिमबारे शिवराम त्वायना र क्यालिग्राफीबारे आशकुमार चिकंबञ्जारले कक्षा लिने कार्यक्रम रहेको विद्यालयले जनाएको छ ।

सो क्याम्पले विद्यार्थीमा रहेको प्रतिभा, क्षमता र दक्षता अभिवृद्धि गरी सिर्जनशील बनाउन सहयोग पुग्ने आयोजक विद्यालयका शिक्षक जीवन सुवालले बताए ।

अहिले क्याम्पमा सहभागी विद्यार्थीहरु विभिन्न सीप सिक्न तथा समूहमा काम गर्न आफूलाई व्यस्त बनाइरहेका छन् । सो क्याम्प शुक्रबार सम्पन्न हुनेछ।