ताजा अपडेट

ट्रेन्डिङ

रोम्बस नेशनल स्कुलको नवौं वार्षिकोत्सव सम्पन्न, विभिन्न व्यक्तित्वहरु सम्मान्नित

Gyan Khabar

ज्ञानखबर संवाददाता

१७ माघ २०७९, मङ्गलबार
128 पटक हेरिएको
रोम्बस नेशनल स्कुलको नवौं वार्षिकोत्सव सम्पन्न, विभिन्न व्यक्तित्वहरु सम्मान्नित

भक्तपुरको कमलविनायकस्थित टाउन प्लानिङमा रहेको रोम्बस नेशनल स्कुलको नवौं वार्षिकोत्सव सम्पन्न भएको छ । सो वार्षिकोत्सवको उद्घाटन मूल्य शिक्षाका अभियन्ता डा. चिन्तामणि योगीले गरेका थिए ।

स्थापनाको छोटो समयमै भक्तपुरको एक स्थापित विद्यालयको रुपमा परिचय बनाउन सफल सो विद्यालयमा अहिले ७ सय विद्यार्थी पढिरहेका छन् भने ५१ जना शिक्षक अध्यापनरत छन् ।

विद्यालयका प्रिन्सिपल डा. राजेन्द्र कोजूले विद्यालयको महत्वपूर्ण दिनमध्येमा वार्षिकोत्सव पनि रहेको उल्लेख गर्दै सो दिन विद्यार्थीले आफूमा रहेको प्रतिभालाई आफ्ना अभिभावकसामु प्रदर्शन गर्ने अवसर रहेको बताए ।

उनले विद्यार्थीलाई शैक्षिक तवरले मात्र नभई व्यवहारिक रुपले समेत अघि बढाउनका लागि उपयुक्त वातावरण विद्यालयले बनाएको जनाउँदै विद्यार्थीलाई अन्तर्राष्ट्रिय रुपमा समेत प्रतिस्पर्धी बनाउन विद्यालयले अन्तर्राष्ट्रियस्तरका विद्यालयसँग पनि समन्वय र सहकार्य गरिरहेको बताए ।

विद्यालयमा एसईई उत्तीर्ण विद्यार्थीलाई सम्मानका साथ विद्यालयको कक्षा नर्सरीदेखि कक्षा १० सम्मका उत्कृष्ट विद्यार्थीलाई सम्मान र पुरस्कृत गरिएको थियो ।

सोही अवसरमा विद्यालयले ज्येष्ठ अभिभावकहरु रामभक्त भैनात्व, गणेशलाल खत्री, विकाराम दुलाल, ओमबहादुर कार्की, केदार खत्री, चित्रबहादुर पाण्डे, रत्नकाजी शाक्य, सप्तरङ्ग शाक्य र कृष्ण किसीलाई साथै सहयोगीहरु रामसुन्दर भैनात्व, सुनिल सुवाल, कुबेर खत्री बाबु, दिनेश भारी, लक्ष्मण घर्ती, ताराबहादुृर श्रेष्ठ र लोकबहादुर बस्नेतलाई सम्मान गरिएको थियो ।

विद्यालयका सल्लाहकार विश्वबहादुर दुवाल, साहित्यकार जीवनाथ अधिकारीका साथ विभिन्न ख्यातिप्राप्त कलाकारहरुको उपस्थितिमा सम्पन्न कार्यक्रममा विद्यार्थी तथा शिक्षकहरुले पनि विद्यालयको बारेमा चर्चा गरेका थिए ।