ताजा अपडेट

ट्रेन्डिङ

परीक्षासम्बन्धी पोखरा विश्वविद्यालयले गर्यो निर्णय, पुनः परीक्षा दिने अवसर अर्को शैक्षिक वर्षमा मात्र

Gyan Khabar

ज्ञानखबर संवाददाता

१८ माघ २०७९, बुधबार
181 पटक हेरिएको
परीक्षासम्बन्धी पोखरा विश्वविद्यालयले गर्यो निर्णय, पुनः परीक्षा दिने अवसर अर्को शैक्षिक वर्षमा मात्र

पोखरा विश्वविद्यालय प्राज्ञिक परिषद्को मिति २०७९ जेठ २२ गते बसेको ९८ औं बैठकले August (Fall 2022) को Intake देखि लागू हुने गरी Retake परीक्षाको सम्बन्धमा निम्नानुसारको निर्णय गरेको छ ।

सो निर्णय अनुसार कुनै पनि कार्यक्रमको नियमित अवधिभित्र अध्ययन गरी राखेको विद्यार्थी Odd Semester मा Regular Course को रूपमा अध्ययन गरेको विषयमा अनुत्तीर्ण भएमा निजलाई त्यो विषयको पुनः परीक्षा दिने अवसर अर्को शैक्षिक वर्षको Odd Semester मा मात्र प्रदान गरिनेछ ।

साथै कुनै पनि कार्यक्रमको नियमित अवधिभित्र अध्ययन गरी राखेको विद्यार्थी Even Semester मा Regular Course को रूपमा अध्ययन गरेको विषयमा अनुत्तीर्ण भएमा निजलाई त्यो विषयको पुनः परीक्षा दिने अवसर अर्को शैक्षिक वर्षको Even Semester मा मात्र प्रदान गरिनेछ ।