ताजा अपडेट

ट्रेन्डिङ

बिनायक शिक्षा निकेतनमा परम्परागत भेष भुषा तथा प्रतिभा प्रदर्शन र वार्षिक पुरस्कार बितरण

Gyan Khabar

ज्ञानखबर संवाददाता

२० फाल्गुण २०७९, शनिवार
279 पटक हेरिएको
बिनायक शिक्षा निकेतनमा परम्परागत भेष भुषा तथा प्रतिभा प्रदर्शन र वार्षिक पुरस्कार बितरण

मध्यपुरथिमि स्थित बिनायक शिक्षा निकेतनले आफ्नो स्थापनाको ३४ औं वार्षिकोत्सव विभिन्न सांस्कृतिक कार्यक्रमसहित भब्यताकासाथ सम्पन्न गरिएको छ ।

कार्यक्रममा कक्षा १ देखि ४ सम्मका विद्यार्थीहरुले नेपालका विभिन्न जातजातिहरुको को परम्परागत भेषभुषा प्रदर्शनीका गर्नुका साथै आफ्नो भाषामा परिचय तथा आफ्नो प्रतिभा प्रदर्शन गर्नुभएको थियो ।

विद्यालयमा सम्पन्न भएको खेलकुद कार्यक्रम मा विजयी विद्यार्थीहरु र भेषभूषा प्रदर्शन कार्यक्रममा प्रथम द्धितीय तृतीय र सान्त्वना हुने विद्यार्थीहरुलाई प्रमुख अतिथि बागमती प्रदेश का माननीय सभासद भावना श्रेष्ठले पुरस्कार वितरण गर्नु हुदै विद्यालयले गुणस्तरीय शिक्षाका साथै विद्यार्थीहरूको रुचि र क्षमता अनुसार विभिन्न अतिरिक्त क्रियाकलापका अभ्यासहरु गराउँदै आएको बताउनुभयो र विद्यार्थीहरुलाई घोकन्ते विद्या होइन व्यवहारिक शिक्षा र सीप सिकाउनु पर्ने कुरामा जोड दिनुभयो ।

अभिभावक अतिथिहरु जयराम हेका र उषा प्रजापतिले पनि विद्यालयले विद्यार्थी केन्द्रित शिक्षण सिकाइमा जोड दिनुभएको धन्यवाद ज्ञापन गर्नुभएको थियो । मध्यपुर ठिमी नगरपालिका शिक्षा शाखा प्रमुख ज्ञानेन्द्र भट्ट र विद्यालयका संस्थापक एवं पूर्वअध्यक्ष रत्न केशरी लाछीले पनि विद्यालय गरिरहेको असलअभ्यासका बारे प्रशंसा गर्नुभयो ।

सभापति एवं विद्यालय प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले ३४ वर्षदेखि विद्यालयले हासिल गरेका शैक्षिक उपलब्धि तथा अतिरिक्त क्रियाकलाप क्षेत्रमा हासिल गरेका उपलब्धिहरु बारेमा चर्चा गर्दै अभिभावकज्यूहरुको विश्वास र माया का लागि धन्यवाद ज्ञापन गर्नुभयो कार्यक्रममा स्वागत मन्तव्य विद्यालयका शिक्षक तुल्सीहरि प्रजापति र कार्यक्रम सञ्चालन यमुना प्रजापतिले गर्नु भएका थियो ।