ताजा अपडेट

ट्रेन्डिङ

भक्तपुरको एभरेष्ट स्कुलमा ओपन डे कार्यक्रम

Gyan Khabar

ज्ञानखबर संवाददाता

२४ फाल्गुण २०७९, बुधबार
183 पटक हेरिएको
भक्तपुरको एभरेष्ट स्कुलमा ओपन डे कार्यक्रम

भक्तपुरको एभरेष्ट स्कुलमा मंगलबार ओपन डे २०७९ भएको छ । कार्यक्रम दुई चरणमा भएको थियो । पहिलो चरणमा औपचारिक रुपमा स्कुलका छात्रछात्राहरुले साँंस्कृतिक प्रदर्शनी गरेका थिए ।

यस अन्तर्गत प्लेग्रुपदेखि कक्षा ३ सम्मका ससाना नानीबाबुहरुले आआफनो कला प्रदर्शन गरेका थिए । गीत गाएर, नाचेर, नाटकमार्फत उनीहरुले आआफना प्रर्दशनी देखाएका थिए । प्रदर्शनी हेर्ने स्कुलका सयौं अभिभावक, शिक्षक, विद्यार्थीले भरिभराउ भएको थियो । भर्खर हिड्डुल गर्न सिकेका ससाना नानीबाबुहरुको नृत्य देखेर धेरै दर्शक रमाएका थिए ।

बाँंसुरी बजाएर सुरु भएको कार्यक्रममा स्वागत गीत राष्टिय गीत हुँंदै बेलाबेलामा मन्तव्यको पनि कार्यक्रम राखिएको थियो । कार्यक्रम अन्तर्गत स्वागत गीत, स्वागत नृत्य पनि प्रदर्शन गरिएको थियो ।

कार्यक्रमको प्रमुख अतिथिमा बरिष्ठ बाल साहित्यकार रामबाबु सुवेदी थिए । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामगोपाल कर्माचाय, विद्यालयका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारी, अभिभावककोतर्फबाट प्रफुल्ला श्रेष्ठले स्कुलको शिक्षा क्षेत्रका विभिन्न विषयमा चर्चा गरे ।

कार्यक्रममा स्कुलकी प्रिन्सिपल कमलादेवी अमात्य राजभण्डारीले २०७९ सालको स्कुलको प्रतिवेदन प्रस्तुत गरिन् । त्यस क्रममा उनले वर्षभरि स्कुलले गरेका अनेक उपलव्धिबारे जानकारी गराइन् । विद्यार्थीलाई कितावी ज्ञानमा मात्रै सिमित नराखी अनेक अतिरिक्त क्रियाकलापमा सहभागी गराइएको उनले सुनाइन् ।

उनले विभिन्न उद्देश्य राखी विद्यार्थीलाई जंगल भ्रमण, प्रिन्सिपल क्वाटर भिजिट, पाककला शिक्षा गराइरहेको जानकारी गराइन् । साथै स्थानीय पाठ्यक्रम अनुसार विभिन्न जात्रापर्वहरुबारे सैद्धान्तिक अभ्यासका साथै व्यवहारिक ज्ञानमार्फत शिक्षा दिइरहेको पनि सुनाइन् । उनले विद्यार्थी शिक्षक राष्टिय तथा अन्तराष्टिय सभा सम्मेलनहरुमा पनि सहभागी हुँंदै आएको जनाइन् ।

कार्यक्रमको क्रममा जिम्याष्टिक पनि देखाइएको थियो । साथै कल्चरल फेशन सो पनि देखाइएको थियो । कार्यक्रमको दोश्रो चरणमा अभिभावकहरुलाई विद्यार्थीले पढने कक्षाकोठाको अवालोकन भ्रमण गराइएको थियो । प्लेग्रुपदेखि कक्षा ३ सम्मका विद्यार्थीले पढ्ने कक्षाकोठाको अवलोकन भ्रमण गराइएको थियो ।