ताजा अपडेट

ट्रेन्डिङ

वागीश्वरी मा.वि.मा विद्यार्थीहरुबिच अन्तरक्रिया सम्पन्न

Gyan Khabar

ज्ञानखबर संवाददाता

२ चैत २०७९, बिहिबार
199 पटक हेरिएको
वागीश्वरी मा.वि.मा विद्यार्थीहरुबिच अन्तरक्रिया सम्पन्न

वागीश्वरी कलेज मानविकी सङ्कायको आयोजनामा वागीश्वरी मा.वि. मानविकी संकाय कक्षा १२मा अध्ययनरत विद्यार्थीहरुबिच अन्तरक्रिया सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि वागीश्वरी मा.विका सहप्रधानाध्यापक उकेश सुवालले वागीश्वरी पटक पटक नेपाल टप नतिजा ल्याउन सफल कलेज भएको चर्चा गर्दै मा.विको पढाइ सकेपछि उच्च शिक्षा पढ्नका लागि अन्तबाहिर कतै जान नपर्ने कुरामा जोड दिनुभयो ।

कार्यक्रमका सभापति वागीश्वरी कलेज मानविकीशास्त्र सङ्कायका प्रमुख राजन फेलुले वागीश्वरी कलेजबाट दिइरहेको छात्रवृत्तिबारे विस्तृत जानकारी दिँदै वागीश्वरी कलेजले गुणस्तर सुनिश्चिता प्रत्यायन (क्यूएए) प्राप्तिका लागि गरिरहेको अन्तिम तयारी र वागीश्वरी कलेजमा अध्ययनरत विद्यार्थीहरुलाई उद्यमशील बनाउन गरिरहेको प्रकृयाहरुबारे जानकारी दिनुभयो ।

वागीश्वरीमा नै किन पढ्ने भन्ने विद्यार्थीहरुको प्रश्नमा अङ्ग्रजी शिक्षक भानुभक्त हुमागाईले वागीश्वरीमा अध्यापन गराउने प्राज्ञिक तथा प्रयोगात्मक शैलीबारे जानकारी दिनुभएको थियो ।

उक्त कार्यक्रममा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरुले आफूहरुले पढ्दै गरेको विषय आउदो नयाँ पिँढीले किन पढ्ने र समाजमा यस विषयको महत्वबारे वागीश्वरी कलेजमा यस विषयहरुमा कसरी कस्तो किसिमले प्राज्ञिक तथा प्रयोगात्मक तरिकाले अध्यापन गराउँदै आएको जस्ता विषयमा कक्षा १२का विद्यार्थीहरुलाई जानकारी दिएका थिए ।

उक्त अन्तरक्रियामा सामाजिक कार्य शिक्षक मङ्गलेश्वर ध्वोजु लगायत स्नातक तहमा अध्ययनरत विद्यार्थी मालती पराजुलीले, काजल थापा, रेसा वासी, गौरब लामिछाने, तेन्जिङ लामा, रिता श्रेष्ठलगाएयले आफूहरुले अध्ययन गर्दै आइरहेको विषयगत कृयाकलापबारे पावर प्वाइन्ट मार्फत प्रस्तुती दिएका थिए ।