ताजा अपडेट

ट्रेन्डिङ

नेसनल युनाइटेड स्कुलद्वारा विद्यार्थीहरु पुरस्कृत

Gyan Khabar

ज्ञानखबर संवाददाता

११ चैत २०७९, शनिवार
232 पटक हेरिएको
नेसनल युनाइटेड स्कुलद्वारा विद्यार्थीहरु पुरस्कृत

बुढानीलकण्ठनगरपालिका वडा नं ८ गणेशचोक स्थित नेसनल युनाइटेड स्कुलले शैक्षिक सत्र २०७९ मा भएका विविध शैक्षिक तथा अतिरिक्त क्रियाकलापहरुमा विजेता हुन सफल कक्षा ५ र ६का विद्यार्थीहरुलाई पुरस्कृत गरेको छ।

शैक्षिक सत्र २०७९ मासंचालनभएकाफुटसल, बास्केटबल, ब्याडमिन्टन, टेबल टेनिस, बुद्धिचाल, क्यारमबोर्ड, चित्रकला, हस्तलेखन, गायन, नृत्य, हाजिरीजवाफ, वक्तृत्वकला, स्पेलिंग कन्टेस्ट, रोड रेस, रिले रेस लगाएतका विभिन्न विधामा विजेता बन्न सफल विद्यार्थीहरुलाइ विद्यालय व्यवस्थापन समितीका अध्यक्ष रेवती प्रसाद दाहाल, विद्यालयका संस्थापक जेबी हमाल, प्रधानाध्यापक शायरा हमाल तथा सम्बन्धित विद्यार्थीका अभिभावकहरुले मेडल तथा प्रमाणपत्रद्वारा पुरस्कृत गरेका थिए।

एक वा एकभन्दा बढी विधामा पुरस्कृत हुने विद्यार्थीहरु मध्ये कक्षा६ का छात्र प्रितम राई आफुले सहभागिता जनाएको सबै ३ विधामा प्रथम स्थान सहित पुरस्कृत हुँदा कक्षा६ कै छात्र रिजन घिमिरे५ वटा विधा तथा कक्षा ५ काछात्र प्रेम तामांग ६ वटा विधामा पुरस्कृत भएका छन ।आफ्नै अभिभावकको हातबाट पुरस्कृत हुन पाउँदा अत्यन्तै खुसी साथैउत्प्रेरित रहेको कक्षा ५ मा अध्ययनरत छात्र प्रभव प्याकुरेल तथा कक्षा ६ मा अध्ययनरत छात्रा ऐस्वर्या गुरुङले बताएएकि छन ।

पुरस्कार वितरण कार्यक्रममा संस्थापक हमालले विद्यालयको स्थापना कालदेखि हालसम्म भएका क्रियाकलाप र उपलब्धिहरु साथै आगामी दिनको कार्ययोजना समेत प्रस्तुत गरेका थिए भने विद्यालय व्यवस्थापन समितीका अध्यक्ष दाहालले विजेता हुन सफल विद्यार्थीहरुलाई बधाई दिंदै उपस्थित सबैलाई धन्यवाद ज्ञापन सहित शैक्षिक उन्नयनमा अभिभावकहरुको सक्रिय सहभागिताको महत्वपूर्ण भूमिका रहने कुरा बताएका छन ।