ताजा अपडेट

ट्रेन्डिङ

पाथिभरा एकेडेमीको बार्षिकोत्सव तथा दिक्षान्त समारोह सम्पन्न

Gyan Khabar

ज्ञानखबर संवाददाता

१९ चैत २०७९, आईतबार
167 पटक हेरिएको
पाथिभरा एकेडेमीको बार्षिकोत्सव तथा दिक्षान्त समारोह सम्पन्न

पाथिभरा एकेडेमी विद्यालयको बार्षिकोत्सव तथा दिक्षान्त समारोह विद्यालय ब्यबस्थापन समितिको अध्यक्ष श्री हेमन्त सिटौलाको अध्यक्षतामा शनिबार विद्यालय प्रांगणमा सम्पन्न भएको छ ।

कार्यक्रममा सम्पुर्ण उपस्थित अभिभावकहरुलाई विद्यालयको शैक्षिक संयोजक शर्मिला प्रधानाङ ,कल्पना वोली, शिक्षिका रिता दाहाल र अनिता खड्काले खादा लगाएर सम्मान गरिएको थियो ।

विद्यालयका संस्थापक प्रध्यानाध्यापक रमेस प्रसाद सिटौलाले सम्पुर्ण अभिभावकहरुलाई स्वागत गर्दै विद्यालयको पृष्ठभुमि, भाबी योजना साथै प्रगती विवरण प्रकाश पारेका थिए।

विद्यालयका संचालक सदस्य बुद्धि बहादुर थापाले स्वागत गरेका थिए भने विद्यालय सन्चालक अध्यक्ष रामचन्द्र थापा मगर र पाथिभराका संस्थापक समेत रहनुभएका प्रज्ञा इङलिस सेकेन्डरी स्कुलका प्रध्यानाध्यापक टन्क प्रसाद सिटौलाले मन्तब्य राखेका थिए।

कार्यक्रममा विद्यार्थीहरूले नृत्य, गित, कविता, प्रहसन, नाटक लगाएतका विविध सांस्कृतिक प्रस्तुति प्रदर्शन गरेका थिए ।

त्यसेगरी विद्यालयले मन्टेस्वोरी तह सकाएका १९ जना नानिबाबुहरु दिक्षित भएका छन् । उक्त कार्यक्रममा मन्टेस्वोरी संयोजक लक्ष्मी प्रधानाङले उदघोषण गरेका थिए । विद्यालयमा निरन्तर ५ बर्ष पूरा गरेको अबसरमा शिक्षिका आशिका श्रेष्ठ र १० बर्ष पूरा गरेकोमा शिक्षिकाद्वय शर्मिला प्रधानाङ्ग र कमला लिम्बुलाइ प्रशंसापत्र प्रदान गरिएको थियो ।