ताजा अपडेट

ट्रेन्डिङ

पञ्चकन्या माविको ३७ औँ वार्षिकोत्सव सम्पन्न

Gyan Khabar

ज्ञानखबर संवाददाता

२७ चैत २०७९, सोमबार
432 पटक हेरिएको
पञ्चकन्या माविको ३७ औँ वार्षिकोत्सव सम्पन्न

चाँगुनारायण नगरपालिका-८ सुडाल स्थित श्री पञ्चकन्या माध्यमिक विद्यालयको ३७ औँ वार्षिकोत्सव, शिक्षक सम्मान तथा पुरस्कार वितरण समारोह २०७९ नेमकिपाका केन्द्रीय सचिव एव‌ं संघीय सांसद माननीय प्रेम सुवालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

सो अवसरमा उहाँले सरकारमा गएका दलहरुले राम्रोसँग काम नगरेका कारण जनताले दुख पाइरहेको प्रसङ्ग उल्लेख गर्दै स्थानीय तहले कम शुल्कमा डक्टर पढाउन खोज्दा सरकारले स्वीकृति नदिएको कुरा पनि राख्नुभयो ।

भक्तपुर नगरपालिकाले जस्तै सबै स्थानीय तहले काम गरेको भए देशले शैक्षिक फड्को मार्ने तर्क राख्दै पञ्चकन्या स्कूलले पनि धेरै प्रगति गर्न सक्ने र यसका लागि स्थानीयको सहयोग अपरिहार्य रहेको विचार राख्नुभयो ।

कार्यक्रममा विशेष अतिथि प्रदेश सभा सदस्य गिता काफ्लेले शैक्षिक क्षेत्र नसुध्रिएसम्म परिवर्तन नआउने विचार राख्दै सबै विद्यालयले गुणस्तरीय शिक्षा दिनुपर्ने तर्क राख्नुभयो ।

कार्यक्रमका अतिथि चाँनपा ८ नं वडाका वडाध्यक्ष जनक खत्रीले स्थानीय तहले नगरमा शैक्षिक सुधारका लागि भएका प्रयासहरुबारे प्रकाश पार्दै नगरका ८०% विद्यालयमा डिजिटल शिक्षा दिन सक्षम भएको तर्क राख्नुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शन्तराम दुलालको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा विद्यालयका प्रअ नारायण प्रसाद दुलालले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

विद्यालयका सहायक प्रअ प्रकाश तजलेले स्वागत र शिक्षक राजकुमार कार्कीले उद्घोषण गर्नुभएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका संस्थापक अध्यक्ष खिलनाथ दुलाल, चाँनपा शिक्षा शाखाका प्रतिनिधि दिनेश अर्याल, संयुक्त परीक्षा समिति भक्तपुरका प्रतिनिधि कृष्णप्रसाद धन्छा, शिक्षक-अभिभावक संघका अध्यक्ष चन्द्रकला दुलाल तथा विद्यार्थी प्रतिनिधि निर्मला मानन्धरले पनि बोल्नुभएको थियो ।

कार्यक्रममा एक दशक भन्दा लामो समयसम्म विद्यालयमा रही अनवरत रुपमा शैक्षिक उन्नयनका लागि प्रयासरत शिक्षकहरु डेकाराम दुलाल, शुशिला बानियाँ, सुनिता कार्की, सृजना घोरसाइने, शुशिला दुलाल र कार्यालय सहयोगी जयन्ती कार्कीलाई सम्मान गरिएको थियो ।

एसइई २०७९ ले मायाको चिनोको रुपमा घडी विद्यालयलाई उपहार दिँदा एसइई २०७९ ब्याच निक्कै व्यवहारिक देखिएको थियो ।

कार्यक्रममा एस.एल.सी २०७१ र एस.इ.ई. २०७८ उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान गरिनुका साथै शैक्षिक सत्र २०७८ र २०७९ को वार्षिक परीक्षामा प्रथम, दोश्रो र तेश्रो हुने विद्यार्थीहरु, ३७ औँ वार्षिकोत्सवका अवसरमा आयोजित विभिन्न अतिरिक्त क्रियाकलापमा प्रथम, दोश्रो र तेश्रो भएका विद्यार्थीहरुलाई पुरस्कृत पनि गरिएको थियो ।