ताजा अपडेट

ट्रेन्डिङ

बजारको माग र शैक्षिक संस्थाहरुले उत्पादन गर्ने जनशक्तिवीच मेल खानुपर्नेमा जोड

Gyan Khabar

ज्ञानखबर

१६ जेठ २०८०, मङ्गलबार
345 पटक हेरिएको
बजारको माग र शैक्षिक संस्थाहरुले उत्पादन गर्ने जनशक्तिवीच मेल खानुपर्नेमा जोड

बजारको माग र शैक्षिक संस्थाहरुले उत्पादन गर्ने जनशक्तिवीच मेल खानुपर्नेमा जोड दिइएको छ । बजारले एक थरी क्षमता भएको जनशक्ति खोजिरहने तर शैक्षिक संस्थाहरुले त्यस अनुकुलको विद्यार्थी तयार गर्न नसकेको भन्दै माग र आपूर्तिवीच मेल खानुपर्नेमा जोड दिइएको हो ।

नेपाल इन्जिनियरिङ कलेज दुवाकोट चाँंगुनारायण भक्तपुरले मंगलबार गरेको मार्गनिर्देशन कार्यक्रमका बक्ताहरुले जनशक्ति माग गर्ने उद्योग र शैक्षिक जनशक्ति उत्पादन गर्ने कलेजहरुवीच आपसी अन्तरसम्वन्ध नहुँंदा यस्तो समस्या देखाएको बताए । बजारमा इन्जिनियरहरुको माग र क्षमताबारे जानकारी दिन कलेजमा सिभिल, आर्किटेक्ट र सिभिल एण्ड रुरल विषयमा अन्तिम वर्ष अध्ययनरत विद्यार्थीका लागि विशेषबाट मार्गनिर्देशन दिइएको थियो ।

मागनिर्देशनका वक्ता सोसाइटी अफ कसल्टीङ आर्किटेक्चरल एण्ड इन्जिनियरिङ फर्मस्का उपाध्यक्ष इन्जिनियर ठाकुरप्रसाद शर्मा, सदस्यद्धय नारायणहरि रिजाल र उज्ज्वलमान शाक्यले यस्तो बताएका हुन् । उनीहरुले पास आउट हुन लागेका विद्यार्थीलाई पेपर प्रिजेन्टेशन गरी इन्जिनियरिङ क्षेत्रका विभिन्न विषयहरुबारे जानकारी दिलाएका थिए ।

नेपालमा हरेक वर्ष इन्जिनियर हुनका लागि इन्जिनियरिङ पढ्नेहरुको अहाकर्षण वढ्दो छ । प्रत्येक वर्ष १० हजार भन्दा वढी विद्यार्थी उत्पादन भइरहेका छन् । नेपालमा इन्जिनियरिङ अध्यापन गर्ने चार सरकारी क्याम्पस पुल्चोक क्याम्पस, थापाथली क्याम्पस, पश्चिमाञ्चल क्षेत्रीय क्याम्पस, पूर्वाञ्चल क्षेत्रीय क्याम्पसहरु छन् । यीबाहेक त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, मध्यपश्चिमाञ्चल विश्वविद्यालय, सुदूरपश्चिमाञ्चल विश्वविद्यालयअन्तर्गत र सम्बन्धमा इन्जिनियरिङ पढाउने क्याम्पसहरू प्रशस्त छन् ।

दैनिक जीवनका विभिन्न क्षेत्रमा इन्जिनियरिङ ज्ञानको आवश्यकता पर्छ । इन्जिनियरिङ प्राचीन इतिहास भएको ज्ञान हो । भवन निर्माणदेखि सहर निर्माणसम्म, कुलो निर्माणदेखि हाइड्रोपावरसम्म इन्जिनियरिङको आवश्यकता पर्छ । इन्जिनियरिङ आफैंमा एक संकाय हो । यसअन्तर्गत विभिन्न विषयहरू पढाइ हुन्छन् । हरेक विषयको आफ्नै कार्यक्षेत्र र स्कोप छन् । आधुनिक सभ्यतामा कुनै एक निर्माणका लागि एक क्षेत्रको इन्जिनियरिङ ज्ञानले मात्र पुग्दैन ।