ताजा अपडेट

ट्रेन्डिङ

अक्सफोर्डमा विद्यार्थीहरुलाई मार्ग निर्देशन तथा अभिमुखीकरण सम्पन्न

Gyan Khabar

ज्ञानखबर

आइत, जेष्ठ २८, २०८०
244 पटक हेरिएको
अक्सफोर्डमा विद्यार्थीहरुलाई मार्ग निर्देशन तथा अभिमुखीकरण सम्पन्न

युवाको एकता, समृद्ध समाजका लागि अपरिहार्यता भन्दै २०७९ सालमा एस.ई.ई. परीक्षा सहभागी विद्यार्थीहरुलाई अक्सफोर्ड प्राक्टिकल स्कुल/ कलेजमा भक्तपुर जिल्ला मानन्धर युवा संघको आयोजनामा कोषाध्यक्ष उत्तम मानन्धरको सभापतित्वमा शनिबार समपन्न भएको छ ।

शिक्षण अरुको लागि हो भने सिकाई आफ्नै लागि हो । सुन्दर भविष्यको सपना सबैको हुन्छ। यसको लागि अथक मेहेनत, परिश्रम र चुनौतीहरुलाई सकारात्मक तवरले समना गर्ने क्षमतावान् विद्यार्थीको सपना मात्र पुरा हुने कुरा अक्सफोर्ड प्राक्टिकल स्कुलका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री राम दुवालले बताउनुभयो ।

कार्यक्रममा प्याब्सनका अध्यक्ष तथा नवरत्न स्कुलका प्रिन्सिपल श्री सुरेन्द्र श्रेष्ठले विद्यार्थीहरुलाई विदेशमुखी नभई देश, समाज र परिवारलाई युवा पुस्ताको साथ र सहयोग अभिवृद्धि गर्नुपर्ने बताउनुभयो । सफलताको शिखरमा चढ्नु भन्दा पहिले सम्पूर्ण पूर्व तयारी र योजना निर्माण गर्नुपर्ने कुरामा जोड दिनुभयो ।

सोहि कार्यक्रममा अक्सफोर्ड प्राक्टिकल स्कुल/ कलेज +२ का इन्चार्ज श्री निराजन सिल्लवालले डिप्लोमा सिटिभिटी कार्यक्रम तथा यसको विविध पक्षहरुको बारेमा जानकारी गर्नुभयो । उहाँले सिप र क्षमताको विकास गरी सही गन्तब्यमा पुग्न नविनतम सोच, चिन्तन र विश्लेषण गर्नुपर्ने कुरामा मार्गनिर्देशन गर्नुभयो ।

सोही कार्यक्रममा जीव विज्ञानमा उमेश काजी मानान्धर, भौतिक विज्ञानमा सचिन मानन्धर, इन्जिनियरीङ तर्फ सुजिन मानन्धर र व्यवस्थापन तर्फ राम प्रसाद मानन्धरले सम्बन्धित विषय वस्तु, क्षेत्र, महत्व बारेमा विद्यार्थीहरुलाई जानकारीका साथै अभिमुखिकरण समेत गरिएको थियो ।

कार्यक्रमका सहभागी श्री प्रज्जल मगरले भन्नुभयो- “हिजोसम्म कुन विषय र कहाँ पढ्ने निर्णय लिन सकिएको थिएन अव निर्णय लिन सजिलो भयो ।”
कार्यक्रममा आफना् भनाई राख्दै अक्सफोर्ड प्राक्टिकल स्कुल /कलेजका प्रिन्सिपल श्री रवि दुवालले बताउनुभयो- “विद्यार्थीहरुको रुचि, क्षमता र चाहना अनुसारको विषय लिई पढ्नुपर्छ । कसैको दबाव र पछाडि लागेर विषय रोज्नु भनेको आफूलाई नै असफल बनाउनु हो ” ।

साथसाथै अक्सफोर्ड कलेजमा +२ म्यानेजमेन्ट, कम्प्यूटर साइन्स, होटेल म्यानेजमेन्ट र +२ हयुूमानितिजका विभिन्न विषयहरुको अध्ययन अध्यापन हुने जानकारी पनि दिनुभयो ।

उक्त कार्यक्रममा संयोजक रामदेवी मानन्धर र न्हुछे रत्न मानन्धरले पनि बोल्नुभएको थियो ।