ताजा अपडेट

ट्रेन्डिङ

विदेशिन चाहने विद्यार्थी संख्या बढ्दो, एक लाख १० हजारले लिए एनओसी

Gyan Khabar

ज्ञानखबर

२ साउन २०८०, मङ्गलबार
251 पटक हेरिएको
विदेशिन चाहने विद्यार्थी संख्या बढ्दो, एक लाख १० हजारले लिए एनओसी

गएको आर्थिक वर्ष २०७९/८० मा वैदेशिक शिक्षाका लागि एक लाख नौ हजार ८३६ वटा वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) लिएका छन् । यो सङ्ख्या हालसम्मकै धेरै हो ।

वैदेशिक अध्ययन अनुमति शाखाका अनुसार गत आर्थिक वर्षमा उच्च शिक्षाका लागि ७१ वटा मुलुकमा नेपाली विद्यार्थीले एनओसी लिएका थिए । सो अवधिमा अस्ट्रेलियाका लागि ३३ हजार ९६८, जापानका लागि २१ हजार ६५४, क्यानडाका लागि २१ हजार ४२५, अमेरिकाका लागि तीन हजार ९०१, भारतका लागि दुई हजार १८४, फ्रान्सका लागि एक हजार २६९, डेनमार्कका लागि एक हजार ८४ र युनाइटेड अरब इमिरेट्सका लागि दुई हजार ३८१ वटा एनओसी जारी भएका थिए ।

गत जेठ १ गतेदेखि एनओसी वितरणको कामलाई पूर्ण रूपमा अनलाइनमा लगिएको छ । सेवा प्रवाहलाई अझ सरल, सहज, प्रभावकारी र प्रविधिमैत्री बनाउन वैदेशिक अध्ययन स्वीकृति सम्बन्धी निर्देशिका, २०७९ जारी गरिएको छ ।