प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद् (सिटिइभिटी) परीक्षा नियन्त्रण कार्यालयले डिप्लोमा तथा प्रमाणपत्र र प्रि डिप्लोमा तहको प्रवेश परीक्षाको समय थप गरेको छ । शैक्षिक सत्र २०८०/०८१ मा भर्ना हुने विद्यार्थीहरुका लागि प्रवेश परीक्षाका लागि आवेदन फाराम भर्ने म्याद थप गरेको हो ।
परिषद्ले डिप्लोमा तथा प्रमाणपत्र तह र प्रि डिप्लोमा तहको पूर्ण शुल्कीय तथा वर्गीकृत (निशुल्क) छात्रवृत्ति तर्फको आवेदन फाराम भर्ने अन्तिम मिति साउन १२ गतेसम्म तोकेकोमा आवेदन फाराम भर्ने म्याद थप गरेको छ ।
त्यसैगरी डिप्लोमा तथा प्रमाणपत्र तह र प्रि डिप्लोमा तहको पूर्ण शुल्कीय तथा वर्गीकृत (निशुल्क) छात्रवृत्ति तर्फको आवेदन फाराम भने थपिएको म्याद अनुसार साउन १४ गतेसम्म फाराम भरिसक्नु पर्ने छ ।