ताजा अपडेट

ट्रेन्डिङ

आधारभूत विद्यालयको “एडुकेसन फोर डट जिरो” को अभिमुखीकरण सम्पन्न

Gyan Khabar

ज्ञानखबर

२४ साउन २०८०, बुधबार
321 पटक हेरिएको
आधारभूत विद्यालयको “एडुकेसन फोर डट जिरो” को अभिमुखीकरण सम्पन्न

आधारभूत विद्यालय समितिको आयोजनामा तारा माविमा “एडुकेसन फोर डट जिरो” को अभिमखीकरण सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा नेपाल क्रान्तिकारी शिक्षक संघ भक्तपुर जिल्ला समितिका अध्यक्ष तथा गणेश माविका प्रअ गणेशराम थुसाले पछिल्लो पुस्तालाई देशभक्त र समयानुकूल प्रविधिमा जोडेर शिक्षण गरेमा वैदेशिक स्वार्थ अनुरुपको अनुदान शिक्षा क्षेत्रमा अत्यावश्यक नभएको बताउँदै संविधानमा उल्लिखित निशुल्क शिक्षा व्यवहारिकतामा नआएको अवस्थामा सामुदायिक विद्यालयमा विद्यार्थी टिकाउन र विद्यालय बनाउन शिक्षकले त्यागको कर्तव्य निभाउनुपर्ने आवश्यकता औल्याए ।

उहाँले भक्तपुर नगरपालिकाबाट भइरहेको विद्यालय अनुगमन शिक्षकलाई अझ बढी सिकाईमा सहयोग गर्ने बताउँदै विद्यालयको सुधारमा आफ्नो कर्तव्य र अधिकार प्रयोग गर्नुपर्ने बताए ।

उक्त कार्यक्रममा ख्वप इन्जिनियरिङ्ग कलेजका सहायक प्राचार्य रविन्द्र फोजूले सहजीकरण गर्दै पशु र मानवको अत्यधिक प्रयोगले क्रान्ति भएको औद्योगिकरणमा हाल विश्वमा चौथो आद्योगिक क्रान्ति अन्तर्गत प्रविधिको फड्कोमा शिक्षा क्षेत्रका जनशक्ति नलाग्दा रोजगारीमा समेत मानवीय शक्ति ह्रास आउने आंकलन गरे ।

उहाँले विश्वमा विकसित नयाँ प्रविधिमा शिक्षक र विद्यार्थी दुवैको सक्रिय सहभागितामा शिक्षक विभिन्न क्षेत्रमा एमको आकारमा विज्ञ भई कम्पास सरह विद्यार्थीहरुलाई निश्चित दिशा प्रदान गर्न अघि सर्नुपर्ने बताउँदै पाँच ज्ञानियन्द्र अंगले अनुभव गर्ने मिल्ने प्रविधि विकासको चरणमा रहेको बताए ।

आधारभूत विद्यालय समितिका अध्यक्ष तथा भीम आदर्श आविका प्रअ दीपक माकले कार्यक्रमको सभापतित्व ग्रहण गर्दै संसारमा कल्पना नै नगरेका प्रविधिको विकास अनुरुप शिक्षण क्रियाकलापमा प्रयोगको लागि सहजीकरण गर्न उक्त कार्यक्रम संचालन गरेको बताए ।

हंशबाहिनी आविका प्रअ सूर्यभक्त फोजूले संचालन गरेको सो कार्यक्रममा तारा माविका प्रअ प्रेमलक्ष्मी त्वायना तथा बरदायनी आविका कृष्णगोपाल आचार्य लगायतले बोलेका थिए ।