ताजा अपडेट

ट्रेन्डिङ

पोखरा विश्वविद्यालय व्यवस्थापन संकाय स्नातकोत्तर तहमा छात्रवृत्ति आव्हान

Gyan Khabar

ज्ञानखबर संवाददाता

२६ साउन २०८०, शुक्रबार
412 पटक हेरिएको
पोखरा विश्वविद्यालय व्यवस्थापन संकाय स्नातकोत्तर तहमा छात्रवृत्ति आव्हान

पोखरा विश्वविद्यालय, ब्यवस्थापन अध्ययन संकायले स्नातकोत्तर तहका कार्यक्रमहरुमा (२०२३ अगष्ट सेसन) छात्रवृत्तिको लागी दरखास्त आव्हान गरेको छ ।

पोखरा विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गतका आङ्गिक (२०५ छात्रवृत्ति) तथा सम्बन्धन प्राप्त (१०५ छात्रवृत्ति) कलेज तथा महाविद्यालयहरुमा सञ्चालित स्नातकोत्तरतहको कार्यक्रमहरुमा आगामी अगष्ट सेसन, २०२३ को भर्नाका लागि पोखरा विश्वविद्यालय छात्रवृत्ति सम्बन्धि नियमावली, २०६५ का आधारमा निःशुल्क छात्रवृत्तिको लागि खुल्ला प्रतियोगिताबाट उम्मेदवारहरु छनौंट गर्न दरखास्त आव्हान गरिएको हो ।

छात्रवृत्ति सार्वजनिक विद्यालयमा कम्तीमा कक्षा ६ देखि कक्षा १० सम्म अध्ययन गरी एसइइ वा एसएलसी उत्तिर्ण गरेका विद्यार्थीहरुलाई आधारभुत रुपमा लक्षित गरिएको छ । सार्वजनिक विद्यालय तथा संस्थागत विद्यालयबाट एसइइ वा एसएलसी पास गरेका उम्मेदवारहरु पनि शसर्त प्रतियोगितामा सामेल हुनसक्ने बताइएको छ ।