ताजा अपडेट

ट्रेन्डिङ

जेभियरको नयाँ प्रयोग, पठनपाठन सुरू हुनुअघि शपथग्रहण तथा अभिमुखीकरणसहित स्वागत

Gyan Khabar

ज्ञानखबर

शुक्र, साउन २६, २०८०
279 पटक हेरिएको
जेभियरको नयाँ प्रयोग, पठनपाठन सुरू हुनुअघि शपथग्रहण तथा अभिमुखीकरणसहित स्वागत

उच्च शिक्षाको ढोकाभित्र पसेका विद्यार्थीलाई आगामी गन्तव्य र पठन संस्कृतिबारे प्रतिबद्ध बनाउन जेभियर इन्टनरेशनल कलेजले नयाँ प्रयोग थालेको छ ।

कलेजमा ११ कक्षा अध्ययनका लागि भर्ना भएका विद्यार्थीहरूको पठनपाठन सुरू हुनुअघि शपथग्रहण तथा अभिमुखीकरणसहित स्वागत कार्यक्रम आयोजना गरेर जेभियरले नयाँ प्रयोग थालेको हो ।

कमलादीस्थित एकेडेमी हलमा करिब १५ सय विद्यार्थीको स्वागत तथा शपथग्रहण र अब के पढ्ने र कसरी पढ्ने भन्नेबारे अभिमुखीकरण आयोजना गरिएको कलेजका प्रिन्सिपल दिपेन दाहालले बताए । यसै गरी यस वर्ष जेभियर इन्टरनेशनल कलेज स्थापनापछिकै सबैभन्दा बढी १५ सय विद्यार्थी कक्षा ११ मा भर्ना भएको जनाए। तीमध्ये ७ जना जीपीए ४ ल्याउने सर्वोत्कृष्ट विद्यार्थीसमेत रहेका छन्।

कार्यक्रममा विभिन्न सांस्कृतिक तथा रचनात्मक कार्यक्रमहरू समेत गरिएका थिए । कालोपुलस्थित जेभियर इन्टरनेशनल कलेजमा ए लेभलसहित विज्ञान,व्यवस्थापन, मानविकी संकायको अध्यापन हुँदै आएको छ ।

xavier wlcm gyan 4

xavier wlcm gyan 3 1

xavier wlcm gyan 5