काठमाडौंको पुतलिसडकस्थित हिमालयन ह्वाइट हाउस इन्टरनेशनल कलेजको बिदाई तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । सिभिल इन्जिनियरिङ, बायोटेक्नोलोजी, बीबीए र बीएचएम अध्ययन सकाएका विद्यार्थीहरुलाई बिदाई तथा सम्मान कार्यक्रम आयोजना गरिएको हो ।
पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति डा. यादवराज कोइरालाले विद्यार्थीहरुलाई उज्जवल भविष्यको कामना गर्दै देशका लागि उत्कृष्ट काम गर्न र विश्वविद्यालय तथा कलेजबाट आर्जन गरेको ज्ञान सिपलाई व्यवहारिक जिवनमा प्रयोग गर्न सुझाब दिए ।
कलेजका प्रिन्सिपल प्रा.तोयानारायण पौडेलले आफुलाई जन्मदिने बाबुआमा, शिक्षा दिने शिक्षक, ज्ञान र सिप दिने शैक्षिक संस्थालाई जीवनभर सम्झिरहनुपर्ने बताए । विद्यार्थीहरु पास भएर गएपनि विद्यार्थीहरुलाई मार्गदर्शन गर्न सधै कलेजको ढोका खुला रहेको र अफ्ठेरो परेको खण्डमा कलेजलाई सम्झिन विद्यार्थीहरुलाई आग्रह गरे ।
त्यसैगरी ‘चेयर मेन एक्सिलेन्स अवार्ड २०२३’ बाट उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान गरिएको थियो । सम्मान पाउनेमा बिई सिभिलमा विनायक किशोर पुन, बीटेक इन बायोटेक्नोलोजीमा विनिता सिलवाल, बीबीएमा दिपेश चौहानलाई अवार्ड प्रदान गरिएको थियो ।
विद्यार्थीहरुले हिमालयन ह्वाइट हाउस इन्टरनेशनल कलेजमा पढ्न पाएकोमा खुशी व्याक्त गर्दै कलेजले दिएको ज्ञान र सिपलाई व्यावहारमा प्रयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै विश्वविद्यालय र कलेजलाई धन्यवाद दिए ।
कार्यक्रममा विश्वविद्यालयका वरिष्ठ अधिकृत विनय भट्टराई, अध्यक्ष ई. लक्ष्मण शर्मा, कलेजका डाइरेक्टर सुरेश अधिकारी, भाईस प्रिन्सिपल डा. अजय खड्का, भाईस प्रिन्सिपल डा.अल्का सापकोटा र फ्याकल्टि प्रमुखहरुको उपस्थित रहेको थियो ।