ताजा अपडेट

ट्रेन्डिङ

मेधा मा. वि.का एस.इ.इ उतीर्ण विद्यार्थीहरुलाई बधाई तथा सम्मान कार्यक्रम सम्पन्न

Gyan Khabar

ज्ञानखबर संवाददाता

९ भदौ २०८०, शनिवार
1998 पटक हेरिएको
मेधा मा. वि.का एस.इ.इ उतीर्ण विद्यार्थीहरुलाई बधाई तथा सम्मान कार्यक्रम सम्पन्न

मेधा माध्यमिक विद्यालयका एस.इ.इ(SEE) उतीर्ण विद्यार्थीहरुलाई बधाई तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

चिकित्स सेवा आयोगका सदस्य सचिव कृष्ण प्रसाद काप्रीको प्रमुख आतिथ्य, रजनी अमात्य जोंछे, भक्तपुर नगरपालिका शिक्षा शाखा कृष्ण प्रसाद कर्माचार्य, भक्तपुर नगरपालिका वडा नं ३ का वडाअध्यक्ष एवं वि.ब्य.स. अध्यक्ष श्री राजकृष्ण गोरा लगायतका अतिथिहरूको उपस्थितीमा अजिमा पार्टी पालेसमा मेधा माध्यमिक विद्यालयका एस.इ.इ उतीर्ण विद्यार्थीहरुलाई बधाई तथा सम्मान कार्यक्रम भएको हो ।

उक्त कार्यक्रममा GPA ४ ल्याएका ३ जना विद्यार्थीहरूलाई नगद रू ५०,०००।- , GPA ३.६५-३.९५ ल्याएका ६० जना विद्यार्थीहरूलाई नगद रू १०,०००।- , GPA ३.१५-३.६० ल्याएका ३० जना विद्यार्थीहरूलाई मेडल, मायाको चिनो, फोटो फ्रेम र माला लगाई बधाई तथा सम्मान गरिएको थियो ।

कार्यक्रममा विद्यालयका पूर्व प्रधानाध्यापक स्वर्गीय श्री गंगाधर हाडाको अथक प्रयास र उत्प्रेरणाले ऐतिहासिक नतिजा ल्याउन सफल भएको भन्ने कुरा विद्यालयका प्रधानाध्यापक श्याम हाडाले बताए ।

शिक्षक मधुराम न्यौपानले स्वागत गरेको कार्यक्रम भक्तपुर नगरपालिका वडा नं ३ का वडाअध्यक्ष एवं वि.ब्य.स. अध्यक्ष राजकृष्ण गोराले सान्दर्भिक मन्तव्य राखी समापन भएको सो कार्यक्रममा कक्षा १० की छात्रा अंशु दिल प्रजापति र एस.इ.इ उत्तीर्ण छात्रा दिपशिखा त्वायनाबासुले पनि बोलेका थिए ।