ताजा अपडेट

ट्रेन्डिङ

नेपाल गणित समाजको ४५ औ साधारण सभा सम्पन्न

Gyan Khabar

ज्ञानखबर

सोम, भदौ १८, २०८०
473 पटक हेरिएको
नेपाल गणित समाजको ४५ औ साधारण सभा सम्पन्न

नेपाल गणित समाजको ४५ औ साधारण सभा शनिबार केन्द्रीय गणित विभाग कीर्तिपुरमा सफलताका साथ सम्पन्न भएको छ ।

साधारण सभा नेपाल गणित समाजका सभापति प्रा. डा. नारायण प्रसाद पहारीको सभापतित्व, सचिव डा. परमेश्वरी कट्टेलको सञ्चालन, सदस्य डा. जीवन काफ्लेको स्वागत मन्तव्य तथा समाजका पूर्व सभापति एवं नास्टका पूर्व उपकुलपति गणितज्ञ प्रा. डा. होमनाथ भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । सभामा सचिव डा. कट्टेलले समाजको तर्फबाट प्रस्तुत गरेको सचिवको तथा कोषाध्यक्षको प्रतिवेदन सम्मानित सभाले करतल ध्वनीका साथ पारित गरेको थियो ।

सभामा ‘वर्तमान परिप्रेक्ष्यमा स्नातकतहको गणित’ विषयको पाठ्यक्रम विषयमा व्यापक परिचर्चा गरिएको थियो । त्रिभुवन विश्वविद्यालयको गणित विषयको विषय समितका अध्यक्ष, गणित केन्द्रीय विभागका प्रमुख तथा नेपाल गणित समाजका पूर्व सभापति प्रा. डा. टंकनाथ धमला, समाजका निवर्तमान सभापति प्रा. डा. चेतराज भट्ट, रत्नराज्यलक्ष्मी क्याम्पसका प्रमुख प्रा. डा. जीवनधर ज्ञवाली, त्रिवि अनुगमनका उपनिर्देशक प्रा. डा. एकारत्न आचार्य, त्रिचन्द्र क्याम्पस गणित विभागका प्रमुख डा. आनन्द पन्त, गणित विज्ञानमा नेपाली महिला (WONIMS) का अध्यक्ष सहप्रा. धनकुमारी थापा र समाजका उपसभापति सहप्रा. डा. श्रीराम खड्का प्यानलमा रहेका थिए ।

प्रा. डा. पुष्पराज अधिकारी, प्रा. डा. कृष्णकान्त पराजुली लगायतका विद्वतजनले आफ्ना महत्त्वपूर्ण विचार राख्नु भएको परिचर्चाको सञ्चालन सचिव डा. कट्टेलले गरेका थिए । परिचर्चामा गणित विषयको ज्ञान तथा सीप हासिल गर्न सकिने तथा गणितको उपयोगबाट यथार्थ विश्वका समस्या समाधान गर्न सक्षम हुन उत्प्रेरित जनशक्ति निर्माण गर्न सहयोगीहुने पाठ्यक्रम विकास गरिनु पर्ने निचोड निकालिएको थियो ।

mathematical society 2

समाजका पूर्व सभापति तथा काठमाडौं विश्वविद्यालयका सस्थापक रजिस्ट्रार नेपाल गणित विज्ञान कोषका अध्यक्ष प्रा. डा. भद्रमान तुलाधर, गणित केन्द्रीय विभागका एलुम्नाईका संयोजक तथा ईन्जिनियरिङ अध्ययन संस्थानका निवर्तमान सहायक डीन प्रा. डा. ज्ञानबहादुर थापाज्यू लगायत समाजका आदरणीय आजीवन सदस्यहरूको सहभागीतामा सम्पन्न भएको साधारण सभामा उपस्थित सम्पूर्ण मान्यवरहरूका प्रति नेपाल गणित समाज हार्दिक आभार प्रकट गरेको थियो।