श्री विद्या निकुञ्ज माध्यमिक विद्यालयमा अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा आज ‘खुला एकल गायन तथा प्रतिभा पहिचान’ कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा १५ प्रतिस्पर्धीले आफ्नो मौलिकता अनि राष्ट्रियता झल्कने गीत गाए भने अन्य थुप्रै विद्यार्थीले प्रतिस्पर्धात्मक तवरले तनहुँ जिल्लाका ख्यातिप्राप्त कलाकारहरुको स्वर तथा आवाज श्रव्य माध्यमबाट सुनेर पहिचान गरी विभिन्न पुरस्कृत भएका थिए ।
“सांस्कृतिक सचेतता हाम्रो अभियान : प्रतिभाको खोजी अनि सम्मान” भन्ने अभिभारा बोकी सम्पन्न भएको उक्त कार्यक्रममा सभापतित्त्व ग्रहण विद्यालयकी प्रअ श्री वसन्ती घिमिरे, निर्णायक टोली शिक्षकहरु देवी ढकाल , निर बहादुर बयम्बु , गणेश सापकोटा साथै प्राविधिक व्यवस्थापनमा सहायक प्रअ सन्तोष गोदार , तस्बिर संकलनकर्ता शिक्षक जीवलाल पङ्गेनी रहेका थिए ।
कार्यक्रम सञ्चालन अतिरिक्त क्रियाकलाप संयोजक शिक्षक पदमराज भट्टले गरेका थिए।