ताजा अपडेट

ट्रेन्डिङ

वागीश्वरी माविमा ५९ औं बाल दिवस कार्यक्रम सम्पन्न

Gyan Khabar

ज्ञानखबर

शुक्र, भदौ २९, २०८०
474 पटक हेरिएको
वागीश्वरी माविमा ५९ औं बाल दिवस कार्यक्रम सम्पन्न

वागीश्वरी माध्यामिक विद्यालयको आयोजनमा ५९ औं बाल दिवस ‘बाल- बालिकामा लगानी: सुनिश्चित भविष्यको थालनी’ कार्यक्रम सम्पन्न भएको छ ।

भक्तपुर नगरपालिका कार्यपालिका तथा विद्यालय व्यवस्थापन समितिका सदस्य छारीमैयाँ सुजखुको प्रमुख अतिथ्यिमा भएको उक्त कार्यक्रममा विभिन्न दिन गरिएका खेलकुद प्रतियोगितामा जितेका विद्यार्थीहरुलाई सम्मान तथा पुरस्कार वितरण गर्नुका साथै सांस्कृतिक नाचगान पनि गरियो ।

कार्यक्रममा प्रमुख अतिथि सुजखुले विद्यालय स्तरदेखि नै बालबालिकाहरुलाई राजनैतिक सचेता जगाउँन शिक्षकहरु क्रियाशिल हुनुपर्ने बताउनुभयो। सुनौलो हजार दिन कार्यक्रमले शिशुको भविष्य सुनिश्चित गरेको बताउँनुहुदै नेपालको संविधानमा व्यवस्था गरेको मौलिक हकलाई चर्चा गरे ।

कार्यक्रमा वागीश्वरी माविका प्रधानाध्यापक कृष्णप्रसाद धन्छाले विद्यार्थीहरुले यस्ता कार्यक्रमहरुबाट आफ्नो प्रतिभा प्रस्तुत गर्नुका साथसाथै बालबालिकाहरुले आफ्नो विद्यालयमा अधिकारका संगसंगै जिम्मेवारी पनि बुझेर वहन गर्नुपर्ने बताए ।

कार्यक्रममा विद्यालय इन्चार्ज विश्वराम प्रजापति, विद्यालयको आधारभूत समिति सदस्य मीना प्रजापति, विद्यार्थी तर्फवाट प्रत्यूष श्रेष्ठ र आत्मिका लामाले पनि बोलेका थिए ।

कायर्क्रमको सुरुवातमा प्रथम चरणमा विद्यार्थीहरुलाई बाजागाजासहित भक्तपुर परिक्रमाकालागि य्याली निकालिएको थियो।

20230915013801 IMG 8474