ताजा अपडेट

ट्रेन्डिङ

भ्वाइस अफ वागीश्वरी सिजन ३ अन्तर्गत दोस्रो चरणको प्रतियोगिता Blossom Round सम्पन्न

Gyan Khabar

ज्ञानखबर संवाददाता

५ असोज २०८०, शुक्रबार
2208 पटक हेरिएको
भ्वाइस अफ वागीश्वरी सिजन ३ अन्तर्गत दोस्रो चरणको प्रतियोगिता Blossom Round सम्पन्न

वागीश्वरी माध्यमिक विद्यालय, वागीश्वरी कलेज र वागीश्वरी कलेज अफ म्यानेज‌मेन्टको संयुक्त आयोजनामा संचालन हुदै आएको भ्वाइस अफ वागीश्वरी सिजन ३ अन्तर्गत आज दोस्रो चरणको प्रतियोगिता Blossom Round आज सम्पन्न भएको छ ।

कार्यक्रमका संयोजक नविन्द्र‌लाल कर्माचार्यका अनुसार आजको चरणमा विद्यालयका कक्षा ९ देखि १२ सम्म, टेक्स् कार्यक्रम, वागीश्वरी कलेज र वागीश्वरी कलेज अफ म्यानेज्मेन्टमा स्नातक तहमा अध्ययनरत जम्मा १७ विद्यार्थीहरूले भाग लिएका थिए। करिब १२ बजे देखि सुरु भएको कार्यक्रममा विद्यार्थीहरुले आफूले रोजेका गीतहरू म्युजिक ट्रयाकमा गएका थिए ।

सो चरणमा निर्णायक मण्डलमा काठमांडौ विश्वविद्यालयका संगीत विभागका संयोजक तथा गायक राजकुमार मानन्धर, अर्का गायक तथा संगित संयोजन कर्ता गनु राज राई र गायिका सरिता प्रजापति रहनु भएको थियो। कार्यक्रममा अनलाइन मिडिया पार्टनरका रूपमा ज्ञानखबर (gyankhabar.com) तथा एबिसिडी खबर, साउण्ड पार्टनर भक्तपुर साउण्ड एण्ड लाइट्स, अडियो मास्टरिङ पार्टनरको रूपमा अक्टेभ म्युजिक स्टुडियो, टेलिभिजन पार्टनर भादगाउँ टि.भी. र ब्युटि पार्टनरका रूपमा सर्मीज ब्यूटि जोन रहेका छन्।

कार्यक्रममा आइकन म्युजिक एकेडेमी, संगीत ग्राम गुरुकुल नेपाल , क्वालिटी डिजिटल स्टुडियो र अक्टेभ म्युजिक स्टुडियो ले आंशिक रूपमा पुरस्कारको प्रायोजन गरेको छ।

आजको चरणबाट १० जना प्रतियोगीहरु अर्को चरणमा प्रवेश गर्न सफल भएका छन् । यस चरणको रेकर्ड लाइभ भने आइतबार साँझ प्रसारण हुने जानकारी प्राप्त भएको छ ।