ताजा अपडेट

ट्रेन्डिङ

२०८० सालमा हुने एसइइको लागि आवेदन खुला

Gyan Khabar

ज्ञानखबर

शुक्र, कार्तिक २४, २०८०
587 पटक हेरिएको
२०८० सालमा हुने एसइइको लागि आवेदन खुला

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले २०८० सालमा सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइइ)मा समावेश हुनका लागि परीक्षा आवेदन फाराम खुला गरेको छ ।

२०८० कार्तिक २४ गतेदेखि मंसिर मसान्त भित्र नियमित शुल्कमा र पुस १ गतेदेखि १५ गते भित्र विलम्ब शुल्कमा आवेदन दिन सकिने जनाएको छ ।

एसईईमा सामावेश हुनका लागि शैक्षिक सत्र २०८० मा कक्षा १० मा नियमित रुपमा अध्ययनरत विद्यार्थीहरुले (माध्यमिक तहको खुला तथा वैकल्पिक विद्यालय, अनौपचारिक प्रौढ विद्यालय र प्राविधिक धार तर्फका विद्यालयमा अध्ययनरत विद्यार्थीहरु समेत) आवेदन दिनुपर्ने छ ।

फाराम भराउनका लागि बोर्डले सम्बन्धित सबै शिक्षा विकास निर्देशनालय, राष्ट्रिय परीक्षा बोर्ड प्रदेश, शाखा कार्यालय, शिक्षा विकास तथा समन्वय एकाइ, स्थानीय तहका शिक्षा शाखार महाशाखा, विद्यालय तथा विद्यार्थीलाई सूचित गरेको छ ।

see aabedan