ताजा अपडेट

ट्रेन्डिङ

चिकित्सा शिक्षा स्नातकोत्तर तहको प्रवेश परीक्षा माघ २० देखि

Gyan Khabar

ज्ञानखबर

आइत, मंसिर ३, २०८०
296 पटक हेरिएको
चिकित्सा शिक्षा स्नातकोत्तर तहको प्रवेश परीक्षा माघ २० देखि

चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह (MECEE-PG 2024) को एकीकृत प्रवेश परीक्षा आगामी माघ २० देखि सुरु गर्ने भएको छ । आयोगका कार्यकारी उपाध्यक्ष प्रा.डा. अञ्जनीकुमार झाले स्नातकोत्तर तहको प्रवेश परीक्षा माघ २० देखि २२ गतेसम्म सञ्चालन हुने जानकारी दिए ।

उपाध्यक्ष झाका अनुसार एमडी, एमएस र एमएसी नर्सिङ, एमएसी मिडवाइफ्री नर्सिङ र एमडी आयुर्वेदाको परीक्षा माघ २० गते सम्पन्न हुनेछ । साथै जनस्वास्थ्य स्नातकोत्तर तह र एमफिल एन्ड क्लिनिकल फिजियोलोजीको प्रवेश परीक्षा माघ २१ गते सम्पन्न हुने छ भने स्नातकोत्तर डेन्टल सर्जरी तह, स्नातकोत्तर फार्मेसी, एमएसी बायोकेमेस्ट्री र स्नातकोत्तर फिजियोथेरापी तहको परीक्षा मङ्सिर २२ गते हुने बताइएको छ ।

डा. झाले आयोगले लिने प्रवेश परीक्षाका लागि मङ्सिर ६ देखि पुस ६ गतेसम्म अनलाइन आवेदन दिनुपर्ने बताए ।

mecee pg