ताजा अपडेट

ट्रेन्डिङ

‘इन्जिनियरिङ पढ्न विदेश जानु पर्दैन्, नेपालमै राम्राे छ’

Gyan Khabar

ज्ञानखबर

२३ मङ्सिर २०८०, शनिवार
256 पटक हेरिएको
‘इन्जिनियरिङ पढ्न विदेश जानु पर्दैन्, नेपालमै राम्राे छ’

इन्जिनियरिङका प्राध्यापकहरुले इन्जिनियरिङ पढन विदेश जानुपर्ने आवश्यकता नरहेको बताएका छन् । उनीहरुले इन्जिनियरिङ स्वदेशमै अन्तराष्टियस्तरको पढाई हुने बताए ।

नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट चाँंगुनारायण भक्तपुरले नवआगन्तुक विद्यार्थीको स्वागतमा गरेको कार्यक्रममा प्राध्यापकहरुले नेपाल मै अन्तर्राष्टियरको पढाई हुने भएकोले इन्जिनियरिङ पढन विदने जान आवश्यक नभएको बताए । नेपालको इन्जिनियरिङको पढाई विदेशमा भन्दा कुनै हिसावले कम छैन, उनीहरुको एउटै भनाई थियो, नेपालकै इन्जिनियरिङ कलेजहरुले त्यही अनुसारको गुणस्तरीय पढाई गराउँंछन् ।

कलेजका कार्यबाहक प्राचार्य दुर्गाप्रसाद भण्डारीले नेकले पनि त्यही गुणस्तरको पढाई गराउँदै आएको चर्चा गरेका छन् । २२ वर्षदेखि आफूले पनि इन्जिनियरिङ पढाउँंदै आएको भन्दै नेपालको इन्जिनियरिङको पढाई गुणस्तरीय भएको बताए । देशविदेशका विभिन्न इन्जिनियरिङका कलेजहरुसँंग आफू प्रत्यक्ष अप्रत्यक्ष आफू जोडिएको भन्दै उनले नेपालको इन्जिनियरिङको पढाई बरु विदेशका विश्वविद्यालय भन्दा गुणस्तरीय पाइएको सुनाए ।

कार्यक्रमका कलेजका एसिष्टेन्ट प्रोफेसरहरु सचिन श्रेष्ठ, युवराज गिरीलगायतले झण्डै शतप्रतिशत प्राध्यापकहरु पूर्णकालिन रहेकोले झण्डै तीन दशकदेखि नेकले इन्जिनियरिङमा अव्वल नतिजा निकाल्न सफल भइरहेको चर्चा गरे ।