ताजा अपडेट

ट्रेन्डिङ

एन प्याब्सनको खेलकुद सप्ताह सुरु

Gyan Khabar

ज्ञानखबर

१८ माघ २०८०, बिहिबार
240 पटक हेरिएको
एन प्याब्सनको खेलकुद सप्ताह सुरु

नेसनल प्याब्सन काठमाडौंद्वारा आयोजित एनप्याब्सन खेलकुद सप्ताहको बिहीबार उद्घाटन गरिएको छ । बागमती प्रदेशकी वन तथा वातावरण मन्त्री मसिना खड्काले खेलकुद सप्ताहको टुंडिखेलमा आयोजित एक कार्यक्रमबीच उद्घाटन गरिन् ।

उद्घाटन समारोहमा भएको मार्च पास्टमा बेस्ट ग्रुप भिजन ९६.७५ अंकसाथ पहिलो भयो । ९५.५ अंकसाथ महाकवी देवकोटा मेमोरियल स्कुल दोश्रो तथा ९२.५ अंकसाथ काठमाडौं स्कुल अफ सेन्ट्रल स्टेट तेश्रो भए ।

शीर्ष तीन स्थान हात पार्ने टिमलाई मन्त्री खड्काले पुरस्कृत गरिन् । उद्घाटनका अवसरमा खेल संयोजकलाई खेल सामाग्री पनि वितरण गरिएको थियो ।

खेलकुद सप्ताहमा ब्वाइज फुटसल, ब्वाइज बास्केटबल, टेबलटेनिस, एथलेटिक्स र टग अफ वार गरी ५ खेलमा प्रतिस्पर्धा हुनेछ । बिहीबारदेखि टेबलटेनिसको प्रतिस्पर्धा धुम्बाराहीस्थित युनिभर्सल स्कुलमा सुरु हुने आयोजकका अध्यक्ष अमृत खड्काले जनाएका छन् ।

ब्वाइज-गर्ल्स सिंगल्समा मात्र खेल हुनेछ । ब्वाइजमा विभिन्न १९ विद्यालयका ३८ तथा गल्र्समा १२ विद्यालयका १७ प्रतिस्पर्धी सहभागी हुने टेबलटेनिस संयोजक विजय खरेलले जनाएका छन् ।

कपनस्थित दीक्षालय नेपालमा हुने फुटसलमा ४० तथा शंखमूलस्थित नेरिक एकेडेमीमा हुने बास्केटबलमा २० टिमको सहभागिता रहने छ । एथलेटिक्स र टग अफ वार सिनामंगलस्थित एजीएम स्कुलमा खेलाइने छ ।

एसइइ परीक्षाका कारण कक्षा ९ सम्मका विद्यार्थीलाई मात्र प्रतियोगितामा सहभागी गराइएको आयोजकका उपाध्यक्ष एवं अतिरिक्त क्रियाकलाप विभाग प्रमुख प्रेमकुमार भुजेलले जानकारी गराए ।