ताजा अपडेट

ट्रेन्डिङ

NCE Research Grant Award, 2024 सम्पन्न

Gyan Khabar

ज्ञानखबर संवाददाता

१ फाल्गुण २०८०, मङ्गलबार
323 पटक हेरिएको
NCE Research Grant Award, 2024 सम्पन्न

ताल्छिखेल, सातदोबाटोस्थित नेशनल कलेज अफ इन्जिनियरिङ(NCE)ले NCE Research Grant Award, 2024 सम्पन्न गरेको छ । २०८० माघ २४ गते बुधबारका दिन कलेजको सभाहलमा सो कार्यक्रम सम्पन्न भएको हो ।

NCE Research and Development Unit बाट २०८० असोज ४ गते इन्जिनियरिङ्गका विभिन्न बिधाहरमा प्रस्तावना आहवान गरिएको थियो । जसमा कार्तिक २१ गते सम्ममा ५० वटा प्रस्तावनाहरू प्राप्त भएका थिए ।

ति प्रस्तावनाहरूबाट स्क्रिनिङ गरि ३६ वटा प्रस्तावनाहरूमा विस्तृत प्रस्ताव पेस गर्ने भनिएकोमा १८ वटा विस्तृत प्रस्तावनाहरु पुस २० गते प्राप्त भएको थियो ।

प्राप्त विस्तृत प्रस्तावनाका अन्तिम प्रस्तुति विभिन्न ३ समुहमा विभाजन गरि सम्बन्धित विषयका विज्ञहरूको टोलि समक्ष माघ ११, १२ र १३ गतेका दिन सम्पन्न गराइएको थियो र सो मार्फत ५ वटा प्रस्तावनाहरू छनौट गरि माघ २५ गते NCE सभाहलमा NCE Research Grant Award Ceremony, 2024 आयोजना गरि छनौट भएका प्रस्तावनाका प्रस्तावकर्ता र नेशनल कलेज अफ इन्जिनियरिङ व्यवस्थापन समिति बीच दुई पक्ष सम्झौता गरि प्रथम किस्ता चेक मार्फत हस्तान्तरण गरिएको थियो । छनौट गरिएका प्रत्येक प्रस्तावनाका प्रस्तावकर्तालाइ NCE Research Grant को रुपमा दुई लाख रुपैया प्रदान गरिने कलेजले जानकारी दिएको छ ।

NCE Research Grant Award प्राप्त गर्न सफल प्रस्तावनाहरु निम्नानुसार रहेका छन् :
१) Development and testing of a low-speed free energy pump for small-scale irrigation coupled with vertical ultra-low head hydro turbine
प्रमुख प्रस्तावकर्ता :- राज कुमार चौलागाई, थापाथली क्याम्पस, त्रिभुवन विश्वविद्यालय

२) Enhancing Code Compliance through Optimal Retrofit Measures for Non-Engineered and Pre-Engineered RC Buildings
प्रमुख प्रस्तावकर्ता : क्षितिज श्रेष्ठ, पुल्चोक क्याम्पस, त्रिभुवन विश्वविद्यालय

३) Automatic Video Script Generation based on NLP using Deep Learning
प्रमुख प्रस्तावकर्ता : सुवास पाण्डे, नेश्नल कलेज अफ इन्जिनियरिङ्ग, त्रिभुवन विश्वविद्यालय

४) Condition Monitoring Enabled Refurbishment of Induction Motors
प्रमुख प्रस्तावकर्ता विशाल सिलवाल काठमाण्डौ विश्वविद्यालय

५) Unveiling Waste and its Ripple Effect-Analyzing the Impact of Waste
प्रमुख प्रस्तावकर्ता : विपुन मान पति एडभान्स, कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट, त्रिवृधन विश्वविद्यालय