पिस प्वाइन्ट बोर्डिङ स्कुलको आयोजनामा छैटौं पिस प्वाइन्ट कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिता शुक्रबरदेखि हुने भएको छ ।
पिस प्वाइन्टकी संस्थापक प्रिन्सिपल इशु गुरुङले प्रतियोगितामा १६ टिमको सहभागिता रहने जानकारी गराए ।
पत्रकार सम्मेलन आयोजना गरी सो प्रतियोगितामा विजेताले ३० हजार, उपविजेताले २० हजार र तेश्रो हुनेले १० हजार नगद पुरस्कार प्राप्त गर्ने जनाएको छ । उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट फर्वाड, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई पनि नगदबाट पुरस्कृत गरिनेछ ।
प्रतियोगिताको मुख्य प्रायोजकमा ३६१ डिग्री र पेपे पिज्जा रहेका छन् । सह–प्रायोजकमा भाटभटेनी सुपर मार्केट, एस मिडिया, जेन्ट्स पार्क, क्रन्ची फ्राइड चिन, पेपर क्लाउड, केलोग्स, ललितपुर सिटी एफसीलगायत छन् ।
नकआउट आधारमा हुने प्रतियोगिताका खेलहरु सानो गौचरणमा हुनेछ र फाइनल फागुण १६ गते हुनेछ ।