ताजा अपडेट

ट्रेन्डिङ

पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिका लागि १८ जनाले दिए आवेदन

Gyan Khabar

ज्ञानखबर

बुध, फाल्गुन ९, २०८०
234 पटक हेरिएको
पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिका लागि १८ जनाले दिए आवेदन

पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि आवेदन दिन उम्मेदवारहरुको नामावली सार्वजनिक गरिएको छ । उपकुलपति नियुक्तिका लागि गठित सिफारिस समितिले आदेन दिएका १८ जनाको नामावली सार्वजनिक गरेको हो ।

समितिका अनुसार तोयनारायण पौडेल, शुभनारायण पाठक, अनिलकुमार पोख्रेल, जीवनकुमार ढकाल, अशोककुमार झा, गुरुप्रसाद खनाल, प्रमोदप्रसाद झा, बिजुकुमार थपलिया, बिनोद पराजुली र देवीप्रसाद भट्टराईले उपकुलपतिका लागि आवेदन दिएका छन् ।

त्यस्तै राजनारायण यादव, नरेन्द्र कटुवाल, उमेश कोइराला, संजेश प्रसाद कोइराला, राजकुमार पोख्रेल, रमेशबहादुर थापा, रमेशप्रसाद भट्टराई र महेशराज दाहालले पनि उपकुलपतिका लागि आवेदन दिएका छन् ।

पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति लागि माघ २३ गते सूचना प्रकाशित गरी फागुन ८ भित्र आवेदन माग गरिएको थियो ।