भक्तपुर नगरपालिकाद्धारा सञ्चालित ख्वप माविको २४ औ, ख्वप कलेजको २२ औं, शारदा क्याम्पस माविको ३३ औ र ख्वप कलेज अफ लको प्रथम वार्षिक उत्सव शुक्रबार सम्पन्न भएको छ । वार्षिकोत्सवको अन्तिम दिन साँंस्कृतिक कार्यक्रम गरिएको थियो ।
पहिलो दिन उदघाटन भएको थियो । साथै दोश्रो दिन शैक्षिक प्रदर्शनी । शैक्षिक प्रदर्शनीको काठमाडौं उपत्यका र उपत्यकाबाहिरको काभ्रेका विभिन्न स्कुलका विद्यार्थी, शिक्षक, अभिभावकलगायतले अवलोकन भ्रमण गरेको आयोजकले जनाएको छ ।
आयोजकका अनुसार प्रदर्शनीका लागि करिव दुई सय स्कुलहरुलाई निमन्त्रणा दिइएको थियो । दुईसय मध्ये झण्डै एक सय ६० वटा स्कुलहरुबाट अवलोकनका लागि विद्यार्थी आए, आयोजक कलेजका प्राचार्य प्रकाशकुमार श्रेष्ठेले भने, वढीजसो भक्तपुर, काभ्रे र काठमाडौंको पूर्वी क्षेत्रका स्कुलका विद्यार्थीहरु वढी आए ।
प्रदर्शनीमा दुई सय वढी स्टलहरु रहेका थिए । स्टलकर्ता विद्यार्थीहरुको संख्या मात्रै पनि एक हजार भन्दा वढी थिए । दुई सय स्टलमा एउटा स्टलका लागि पाँंच जना विद्यार्थी मात्रै सालाखाला हिसा वगर्ने हो भने ती विद्यार्थी मात्रै एक हजार भन्दा वढी हुन्छन् । स्टलहरु कलेजको प्रांगन र कक्षाकोठाकोठामा थिए ।
कलेजका दुई वटा भव्य भबनका कक्षाकोठाहरुका साथै कलेज प्रांगनमा पनि स्टलहरु रहेका थिए । कलेज झण्डै ५५ रोपनी क्षेत्रफलमा फैलिएको छ । यति धेरै स्टल, अवलोकन भ्रमणमा सहभागी हुने संख्या सम्भभतः भक्तपुर जिल्लाकै यो सवैभन्दा ठूलो शैक्षिक प्रदर्शनी हुने अनुमान गरिएको छ ।
यी चार वटा शैक्षिक संस्थाहरुमा मात्रै पाँंच हजार पाँंच सय भन्दा वढी विद्यार्थीहरु अध्ययनरत छन् । यी कलेजहरुमा विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा र कानुन गरी पाँंच वटै संकायहरुमा कक्षा ११ देखि स्नातकोतर तहसम्मको अध्यापन हुन्छ । यी कलेजहरुमा ६५ वढी जिल्लाका विद्यार्थीहरु अध्ययनरत रहेको कलेजले जनाएको छ ।
विजनेश आइडिया प्रोमोशन कक्पिटिशन
विद्यार्थीहरूमा उद्यमशीलताको विकास गर्ने अभिप्रायका साथ भक्तपुरमा दोश्रो दिन विहीबार विजनेश आइडिया प्रोमोशन कक्पिटिशन (व्यवसाय विचार प्रबद्र्धन प्रतियोगिता) भएको छ । ख्वप कलेज देकोचा भक्तपुरको आयोजनामा भएको प्रतियोगितामा उत्कृष्टलाई नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिने आयोजक कलेजले जनाएको छ ।
ख्वप माविको २४ औ, ख्वप कलेजको २२ औं, शारदा क्याम्पस माविको ३३ औ र ख्वप कलेज अफ लको प्रथम वार्षिक उत्सवको अवसरमा क्रममा प्रतियोगिता पनि भएको हो । प्रतियोगितामा कलेजमा व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थीहरु प्रतिस्पर्धीका रुपमा रहेका छन् । उनीहरुले यसका लागि ४० भन्दा वढी विभिन्न स्टलहरु राखेका छन् ।
आयोजक कलेजका प्राचार्य प्रकाशकुमार श्रेष्ठले राखिएका स्टलहरुको मूल्यांकन गरिने जनाए । यसका लागि बाहिरबाट विज्ञहरुले मूल्यांकनको व्यवस्था रहेको जानकारी गराए । साथै अवलोकनकर्ताहरुबाट उत्कृष्ट लाग्ने ३ वटा उद्यमशील स्टललाई आफ्नो मत प्रदान गर्ने अवसरसमेत प्रदान गरिएको उनले जनाए ।
विद्यार्थीलाई अव पढाईसँंगसँंगै व्यवसाय पनि गर्न सिकाउने उद्देश्यले पहिलो पटक यो कार्यक्रम गर्दै आएका हौं, उनले भने, यसअघि प्रत्येक वर्ष जस्तै शैक्षिक प्रदर्शनी पनि यो क्रममा छ । कलेज स्थापनाकालदेखि नै प्रत्येक वर्ष वार्षिक उत्सवको क्रममा शैक्षिक प्रदर्शनी हुँंदै आएको र यो वर्ष पहिलो पटक प्रतियोगिताको पनि आयोजना गरेको उनले जनाए ।
प्रतिस्पर्धीहरुको छनौट गरी पहिलोलाई १५ हजार नगदसहित पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्ने जनाइयो । साथै दोश्रोलाई १० हजार र तेश्रोलाई पाँंच हजार नगदसहित प्रमाणपत्र प्रदान गरिने जनाइयो । उनीहरुलाई कलेजको वार्षिकोत्सव समापन समारोहमा पुरस्कार प्रदान गरिने जनाइयो । तीनदिने वार्षिकोत्सव शुक्रबार सकिएको छ ।